बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा सशस्त्र प्रहरीका १२ अस्थायी बेस स्थापना
59 पटक पढिएको
धादिङ-बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लामा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सशस्त्र प्रहरी बल नेपालले धादिङको मलेखु र गल्छी सहित बाढी प्रभावित क्षेत्रमा १२ वटा अस्थायी बेस स्थापना गरी उच्च प्रविधिसहितको टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार भौगाेलिक जोखिम र आवश्यकताका आधारमा धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा अस्थायी बेस खडा गरिएको हो। जसअन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३बी, स्याफ्रुबेँसी र बोगटिटारमा अस्थायी बेस स्थापना गरी उद्धार टोली खटाइएको छ।
उद्धार कार्यसँगै प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य उपचार सेवा पुर्याउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा विशेष मेडिकल टोलीसमेत परिचालन गरिएको छ। स्थापना गरिएका प्रत्येक बेसमा १५ देखि ३५ जनासम्मको टोली तैनाथ गरिएको छ, जसमा विशेष तालिमप्राप्त उद्धारकर्मीहरू संलग्न रहेका छन्।
खोजी तथा उद्धार कार्यलाई आधुनिक र प्रविधियुक्त बनाउन सशस्त्र प्रहरीले कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु , मेडिकल फर्स्ट रेस्पोन्डर , के ९ डग स्वार्ड तालिमप्राप्त खोजी कुकुर, ड्रोन, रोप रेस्क्यु, मृत शरीर व्यवस्थापन टोली, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम र मास क्याजुअल्टी भेहिकल सहितका विशेष टोली तथा साधनहरू मैदानमा उतारेको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीग्रस्त क्षेत्रमा क्षति न्यूनीकरण गर्न, खोज तथा उद्धार कार्यलाई तीव्रता दिन र पीडितलाई तत्काल राहत पुर्याउन यी बेसमार्फत स्रोतसाधन र जनशक्ति चुस्त रूपमा परिचालन गरिएको छ।








I’ve been playing here for a week and the payouts are surprisingly fast. Definitely one of the smoother experiences I’ve had lately. Check out inyou777 for a great time!