राष्ट्रिय भूमि अधिकार मञ्च र तीर्थयात्री समूहको पहलमा गल्छीका विपद् पीडितलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण

289 पटक पढिएको

१८ भाद्र २०८३, बिहीबार २२:२० सम्पादक: धादिङ न्यूज

धादिङ : पोखराका विभिन्न संघसंस्था तथा बासिन्दाको सहयोगमा संकलित राहत सामग्री धादिङको गल्छी गाउँपालिकाका विपद् पीडितका लागि हस्तान्तरण गरिएको छ। पोखरा उपमहानगरपालिका वडा नम्बर ६ का बासिन्दा, तीर्थयात्री समूह तथा गुरुकुल लगायतको सहयोगमा संकलन गरिएको उक्त राहत सामग्री गल्छी गाउँपालिकाको कार्यालय बैरेनी पुगी हस्तान्तरण गरिएको हो।

राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी प्रदेश समितिका अध्यक्ष राम बहादुर लामिछानेका साथै समाजसेवीहरू निर्मल बराल, विष्णु प्रसाद आचार्य र कृष्ण भण्डारीले भदौ १८ गते विहीवार गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाललाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण गरिएका सामग्रीहरूमा २६ बोरा चामल, ३२ कार्टुन चाउचाउ, ४ कार्टुन तेल, ५५ प्याकेट नुन, १ बोरा रातो दाल, १५ बक्स रियल जुस, ५५ प्याकेट चिउरा, २१ प्याकेट बिस्कुट, ८ केजी भुजा र ६ केजी चिनी रहेका छन्। यसैगरी ३८ प्याकेट चिया पत्ती, ३९ प्याकेट मसला, २ केस खानेपानी, खुर्सानी, ११ प्याकेट सोयाबिन, २ वटा झोला, ४ वटा ब्रस, ३ वटा टुथपेस्ट, ६ वटा नुहाउने साबुन, १८ प्याकेट स्यानिटरी प्याड, ५० वटा मास्क, २ प्याकेट आटा र १७ प्याकेट दाल तथा गेडागुडी लगायतका अत्यावश्यक सामग्री समावेश छन्।

विपद्को कठिन समयमा पोखराबाट बैरेनीसम्म आएर अमूल्य सहयोग पुर्‍याएकोमा गल्छी गाउँपालिकाले राष्ट्रिय भूमि अधिकार मञ्च, कास्की तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।


Navigating the Nigerian betting market was always a headache until I found this gem that works perfectly on mobile data. The registration took less than two minutes and I was betting on football matches by lunchtime. Their bonus tracker feature helps me stay on top of my goals and the payouts are rock solid. Sign up now and watch your weekend matches turn into serious winnings. ngbangbetapp