काठमाडौँमा ग्यासको आपूर्ति बढाइए पनि अभाव हटेन
64 पटक पढिएको
काठमाडौँ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि प्रभावित बनेको काठमाडौँ उपत्यकाको ग्यास आपूर्ति सहज बनाउन उपत्यकाबाहिरका उद्योगबाट दैनिक ठूलो परिमाणमा ग्यास पठाउन थालिएको छ । उद्योगीका अनुसार पछिल्ला दिनमा दैनिक औसत ३५ हजार सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ पुर्याइँदैछ ।
कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध हुँदा ग्यासका बुलेट काठमाडौँसम्म पुर्याउन समस्या भएपछि चितवन, मकवानपुर, बारा, पर्सालगायतका जिल्लामा रहेका उद्योगबाट सिलिन्डरमै ग्यास भरेर उपत्यका पठाउने व्यवस्था मिलाइएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार करिब ३५ हजार सिलिन्डर काठमाडौँ पठाइएको छ । नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास भरेर वैकल्पिक मार्गबाट ल्याउने अनुमति दिएपछि यस्तो व्यवस्था सुरु गरिएको हो ।
काठमाडौँमा खाली भएका सिलिन्डर ट्रकमार्फत उपत्यकाबाहिरका उद्योगमा पुर्याउने र त्यहीँ ग्यास भरेर पुनः काठमाडौँ पठाउने गरिएको उद्योगीहरूले बताएका छन् ।
चितवनका विभिन्न उद्योगसँगै नवलपुर, बारा, पर्सा, धनुषा र हेटौँडाका उद्योगबाट समेत ग्यास भरेर उपत्यका पठाउने गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफ्ना खाली सिलिन्डर निजी ग्यास उद्योगका सहज स्थानमा रहेका प्लान्टसँग सहकार्य गरी भर्ने र वैकल्पिक मार्गबाट काठमाडौँ पुर्याउने व्यवस्था गरेको जनाएको छ ।
सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको उद्योगीहरूको भनाइ छ । आपूर्ति बढाएर माग धान्ने प्रयास भइरहेको बताइए पनि काठमाडौँ उपत्यका र बनेपामा उपभोक्ताले अझै ग्यासको अभाव कायमै रहेको गुनासो गरेका छन् ।
यसैबीच, वैकल्पिक स्थानमा सिलिन्डर भरेर ल्याउँदा लाग्ने थप ढुवानी खर्चका कारण नेपाल आयल निगमले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त मूल्यमा बिक्री गर्न अनुमति दिएको छ । त्यसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।








I’ve been using this site for a few weeks now and the experience is pretty smooth. The payouts are fast and the interface is very user-friendly. Highly recommend we88global to anyone looking for a reliable spot.
The graphics on these slots are top notch. It feels much more immersive than other sites I’ve tried. ph20jili is definitely my new favorite spot.
The best platform I have used in the Philippines so far. The customer support is very responsive and the payouts are fast. Big thumbs up for phkubraplus!
Solid performance and very responsive customer service. It’s hard to find sites this reliable these days. Big shoutout to br98z.
Responsible gaming is key, folks! Seeing platforms like bigbunny ph game prioritize quick PHP transactions & local support is a good sign, but always set limits & play within your means. It’s about fun, not chasing losses!