आज धादिङका अधिकांश क्षेत्रमा ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने

126 पटक पढिएको

२३ भाद्र २०८३, मंगलवार ०६:२९ सम्पादक: धादिङ न्यूज

धादिङबेँसी- नेपाल विद्युत् प्राधिकरण, धादिङ वितरण केन्द्रले मंगलबार धादिङका विभिन्न स्थानमा ३ घण्टा बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले मलेखु सबस्टेशनदेखि सल्यान्टार तथा धादिङबेँसी आउने ३३ के.भी. प्रसारण लाइनमा लोड व्यवस्थापन, मर्मत सम्भार तथा नयाँ जम्पर जडान गर्नुपर्ने भएकाले बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

विद्युत् कटौतीका कारण नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, खनियावास, नेत्रावती डबजोङ, गङ्गाजमुना, रुवीभ्याली, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालगायत धादिङका अधिकांश क्षेत्र प्रभावित हुनेछन्।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै, तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै विद्युत् सेवा सुचारु गरिने समेत प्राधिकरणले जनाएको छ।