बाढीबाट थलिएको धादिङको अर्थतन्त्र उकास्न उद्योग वाणिज्य संघको पाँचबुँदे माग
141पटक पढिएको
२३ भाद्र २०८३, मंगलवार १२:४८
सम्पादक: धादिङ न्यूज
धादिङ –हालै आएको भीषण बाढीबाट उद्योगी, व्यवसायी तथा सर्वसाधारणले ठूलो क्षति व्यहोरेपछि धादिङ उद्योग वाणिज्य संघले प्रभावित क्षेत्रको पुनःस्थापना र व्यवसाय सञ्चालन सहज बनाउन सरकारसँग पाँचबुँदे माग गरेको छ।
संघले बाढीका कारण क्षति व्यहोरेका तथा बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीलाई कर्जाको ब्याजमा विशेष सहुलियत दिन माग गरेको छ। साथै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गरी व्यवसायीलाई भुक्तानीमा सहजता प्रदान गर्न आग्रह गरेको छ।
त्यसैगरी बाढीका कारण उद्योग, व्यवसाय तथा घरधुरीमा नियमित रूपमा विद्युत् प्रयोग गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै प्रभावित अवधिको न्यूनतम विद्युत् महसुलमा छुट दिन माग गरिएको छ।
धादिङको मध्य तथा उत्तरी क्षेत्र जोड्ने सडकहरू बाढीका कारण क्षतिग्रस्त भएकाले तत्काल मर्मत, पुनर्निर्माण तथा आवश्यक स्तरोन्नति गरी आवागमन सहज बनाउन संघले माग गरेको छ।
बाढीबाट क्षतिग्रस्त भएको धादिङको मध्य तथा उत्तरी क्षेत्रलाई पृथ्वी राजमार्गसँग जोड्ने महत्वपूर्ण बेली पुल तत्काल निर्माण गर्न समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ।
संघले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र आर्थिक गतिविधिलाई चलायमान बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीद्वारा जारी ध्यानाकर्षण पत्रमा विपद्बाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणको क्षतिलाई मध्यनजर गर्दै तत्काल आवश्यक पहल र सहजीकरण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
I love how straightforward the registration is. No endless forms, just get straight into the action. Cheers to www444bet for keeping it simple!
I love how straightforward the registration is. No endless forms, just get straight into the action. Cheers to www444bet for keeping it simple!
The app is very stable and easy to install. Much better than playing on a browser. Get the app from winpkrdownload right now.