धादिङसहित ३६ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम: नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अपिल
136 पटक पढिएको
धादिङबेंसी । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार धादिङसहित देशका ३६ भन्दा बढी जिल्लाहरू भई बहने नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढी को मध्यम जोखिम रहने सम्भावना व्यक्त गरिएको छ।
महाशाखाका अनुसार आज धादिङ, काठमाडौँ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, चितवन, सिन्धुपाल्चोक, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूमा नदीको बहावमा वृद्धि भई आकस्मिक बाढी आउन सक्नेछ। हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो क्षति व्यहोरिसकेको धादिङ र वरपरका नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई विषेश सतर्कता अपनाउन आग्रह गरिएको छ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला जस्ता ठूला नदीहरू र तिनका सहायक नदीहरूको हालको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि आगामी दुई दिनसम्म सातै प्रदेशका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने जनाइएको छ।
नदी क्षेत्र आसपासका स्थानीयवासीलाई नदी किनारमा नजान, गिट्टी-बालुवा झिक्ने वा माछा मार्ने जस्ता जोखिमपूर्ण काम नगर्न र जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा सम्बन्धी सूचनाहरू निरन्तर पालना गर्न अनुरोध गरिएको छ।








If you are looking for a stable platform with great odds then this is it. I am really happy with the overall experience at bd4499bat.
The registration process was a breeze and I started playing within minutes. It is refreshing to find a site that actually values the players time. Cheers to br393bet11.