धादिङको थाक्रे–७ सोपाङखोलामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध
94 पटक पढिएको
धादिङ । काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ। धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोला नजिक गएराति ९ बजे सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएपछि बिहानैदेखि उपकरणहरूको प्रयोग गरी पहिरो पन्छाउने काम तीब्र पारिएको धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा समेत यातायात अवरुद्ध रहेको अवस्थामा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनहरूले वैकल्पिक मार्गको प्रयोग गरिरहेका छन्।
पहिरो पन्छाउने कार्य जारी रहेकाले काम पूर्ण रूपमा सम्पन्न नभएसम्म उक्त खण्डमा यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई उच्च सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।








This is where the real action is! phluckysabong brings the local energy right to my screen. The odds are fair and the streaming quality is top notch. Love it! phluckysabong
Analyzing past results is key to smart betting, but finding a reliable platform is crucial too! Heard great things about the community at Jililive – especially the ease of the jililive app download. Seems like a fun, trusted spot for PH players! 👍