कृष्णभिरमा नयाँ ट्र्याक निर्माण, रोकिएका सवारीसाधन पठाएर सडक परीक्षण
97 पटक पढिएको
धादिङ- भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको ठूलो भाग कटान गरेपछि अवरुद्ध बनेको धादिङको कृष्णभीर सडकखण्डमा नयाँ ट्र्याक निर्माण गरिएको छ। सोही ट्र्याकबाट विगत १४ दिनदेखि विभिन्न स्थानमा रोकिएका ट्रक तथा ग्यास बुलेटहरूलाई पास गराइएको छ।
प्रारम्भिक रूपमा नयाँ ट्र्याकको परीक्षणका लागि खाली ग्यास बोकेका बुलेट तथा रोकिएका सवारीसाधनहरूलाई पार गराइएको नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।
अवरुद्ध सडक खुलाउन र रोकिएका गाडीहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन व्यवस्थापनको काम तीव्र पारिएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अशोक देवकोटाका अनुसार अहिले रोकिएका सवारीसाधनलाई मात्र सुरक्षित रूपमा पास गराइएको हो र नयाँ ट्र्याकको निर्माण पूर्ण रूपमा सम्पन्न भएपछि मात्रै सडक सबै प्रकारका यातायातका लागि सञ्चालनमा आउनेछ।








I have tried a few sites lately but this one feels the most reliable. Great game variety and no lag at all. Highly recommend idmustang77 to everyone.