भोटेकोशी बाढीले क्षति पुर्याएको बैरेनी अस्पताल चुजी फाउण्डेशनको सहयोगमा पुनः सञ्चालन
116 पटक पढिएको
धादिङ, २८ भदौ- धादिङको गल्छीमा रहेको बैरेनी अस्पतालको औपचारिक उद्घाटन भएको छ। ताइवानी सामाजिक संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनकी उपाध्यक्ष लिन पिईयुले भदौ २८ गते आइतबार एक समारोहकाबीच उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो।
अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको केही दिनमै भोटेकोशी बाढीको चपेटामा परेर अस्पताल हिलोले पुरिएपछि त्यहाँ केही समय अन्योलको वातावरण बनेको थियो। बाढीले भुइँतल्ला करिब ६० सेन्टिमिटर बाक्लो हिलो र लेदोले पुरेर अस्पताललाई पूर्ण रूपमा अवरुद्ध पारेको थियो। तर, हिलो सफा गर्न महिनौँ लाग्ने अवस्था रहे पनि सरसफाइ कुर्नुको साटो फाउण्डेशनको समन्वयमा स्वास्थ्यकर्मी र स्थानीय युवाहरूले आवश्यक उपकरणहरू सुरक्षित रूपमा दोस्रो तल्लामा सार्दै १३ दिनभित्रै अस्पताल पुनः सञ्चालनमा ल्याएका थिए।
विभिन्न राजनीतिक दल, तिनका भ्रातृसंस्था, स्वयंसेवक समूह, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि र चुजी फाउण्डेशनका स्वयंसेवकहरूको संयुक्त प्रयासमा अस्पताल भवन हिलोमुक्त बनाइएको हो। अस्पताललाई तत्काल सञ्चालनमा ल्याउनका लागि फाउण्डेशनका स्वयंसेवकहरूले नयाँ अस्पताल बेडहरू तथा अन्य आवश्यक मेडिकल उपकरणहरू उपलब्ध गराएका थिए।
यसका साथै, उद्धार कार्य तथा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, सेना र प्रहरीका लागि फाउण्डेशनले १२० थान प्रोटेक्टिभ सुट्स (सुरक्षात्मक पोशाक), फेस मास्क र मेडिकल पञ्जाहरू वितरण गरेको थियो। साथै, गल्छी क्षेत्रका बाढी प्रभावित करिब १०० भन्दा बढी घरधुरीका लागि संस्थाले कम्बल, बोतलको पानी र सुख्खा खाद्यान्न रासन समेत वितरण गरेको छ।
अन्तर्राष्ट्रिय संस्थातर्फबाट प्राप्त यस सहयोगबारे बोल्दै चुजी फाउण्डेशनकी उपाध्यक्ष लिन पिईयुले भोटेकोशी बाढीपछि गल्छीका नागरिक, अस्पताल र विद्यालयमा पुगेको क्षतिको खबर सुनेपछि आफूहरूले मानवीय नाताले स्वयंसेवकहरूलाई तत्काल सहयोगका लागि खटाएको बताउनुभयो। अन्य सहयोगी संस्थाहरू र निकायसँग हातेमालो गर्दै अस्पताल र नजिकैको वागेश्वरी माविलाई पुनः सञ्चालन गर्न सक्ने बनाउन सकिएको उहाँले उल्लेख गर्नुभयो। संस्थाले बाढीबाट क्षति पुगेको वागेश्वरी माविका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा फोला वितरण गर्नुका साथै विद्यालय सरसफाइमा समेत सहयोग पुर्याएको थियो। फाउण्डेशनको यस द्रुत सहयोगका कारण बाढी लगत्तै फैलिन सक्ने संक्रामक रोगहरूको जोखिम न्यूनीकरण गर्न र स्थानीय नागरिकले समयमै स्वास्थ्य सेवा पाउन ठूलो मद्दत पुगेको छ।
गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवं बैरेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथि र चुजी फाउण्डेशनका उपाध्यक्ष लिन पिईयु विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, अस्पतालका अध्यक्ष दीपक कार्की र मेडिकल सुपरिटेण्डेन्ट डा. मधुकर दाहाललगायतले संकटको यस घडीमा अस्पताल पुनःसञ्चालनका लागि महत्त्वपूर्ण सहयोग पुर्याउने फाउण्डेशन र सम्पूर्ण सहयोगी मनहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष लिन पिईयुले बैरेनी अस्पताललाई पहिलेको भन्दा सुदृढ अवस्थामा सञ्चालन गरी यस भेगकै नमुना अस्पताल बनाउन आफ्नो संस्थाले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।








Solid platform with a great selection of games. I’ve tried many others but this one feels the most professional. Check out bdz444 for a great time.
Great platform with very fair odds. I appreciate the transparency and the quick customer support. krikia11 is a winner.
Everything is well organized and the gaming experience is top notch. It is a very reliable place for anyone looking for excitement. Visit vnhitclubinc