बाढीले धादिङका ५ सहित तीन जिल्लाका १८ विद्यालयमा क्षति, ९३ करोडभन्दा बढीको क्षति दाबी
116 पटक पढिएको
धादिङ- भोटेकोशी बाढीबाट धादिङसहित तीन जिल्लाका १८ वटा विद्यालयमा रु ९३ करोड ७३ लाख बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीका कारण धादिङमा मात्रै तीन स्थानीय तहका पाँच वटा विद्यालय प्रभावित भएका छन्।
बाढीबाट प्रभावित धादिङका विद्यालयहरूमा गल्छी–६ महेशदोभानस्थित अम्लेश्वर गुरुकुल , बैरेनी बजारमा रहेको वागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी, सिद्धलेक–४ को जलेश्वरी माध्यमिक विद्यालय र बेनिघाट रोराङ–७ को राष्ट्रिय आधारभूत विद्यालय रहेका छन्।
आरडिएनए प्रतिवेदनअनुसार धादिङ जिल्लामा मात्र भएको क्षतिको विवरण हेर्दा गल्छी गाउँपालिकामा तीन वटा विद्यालय प्रभावित भएका छन्। जहाँ १० वटा भवनका ७७ वटा कोठामा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु १० करोड ६१ लाख बराबरको क्षति भएको छ। यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक विद्यालय प्रभावित हुँदा दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भई रु चार करोड १० लाख बराबरको क्षति भएको छ। यसैगरी सिद्धलेक गाउँपालिकामा एक विद्यालयका चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुग्दा रु एक करोड ४३ लाख बराबरको भौतिक नोक्सानी भएको छ।
भोटेकोशी बाढीका कारण समग्रमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित बनेका छन्। तीमध्ये १५२ कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण रुपमा क्षति पुगेको छ भने विद्यालयको शैक्षिक सम्पत्ति मात्रै रु २४ करोड ९३ लाख बराबरको नष्ट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।








I’ve been trying out a few sites lately and this one really stands out. The interface is smooth and the payouts are surprisingly fast. Highly recommend checking out ph878ph if you want a reliable spot.
Such a fun vibe on this platform. The graphics are crisp and the gameplay is fair. I have spent many hours on idmimi303 and I am still loving it.