भोटेकोशी बाढीले धादिङमा २४५ हेक्टर धान र ३२ हेक्टर तरकारी नष्ट, करोडौँको क्षति
117 पटक पढिएको
धादिङबेसी, २९ भदौ – भोटेकोशी बाढीका कारण धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनअनुसार बाढीले धादिङको कृषि क्षेत्रमा मात्रै ठूलो नोक्सानी पुर्याएको छ।
बाढीका कारण धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छी गाउँपालिकाका किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। जिल्लामा धान खेतीतर्फ २४५ हेक्टर र तरकारी खेतीतर्फ ३२ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति पुगेको छ।
जिल्लागत विवरण अनुसार गल्छी गाउँपालिकामा सबैभन्दा बढी ८७ हेक्टर धान र १४ हेक्टर तरकारी बाली नष्ट भएको छ। त्यस्तै, गजुरीमा ७५ हेक्टर धान र ७ हेक्टर तरकारी, सिद्धलेकमा ५८ हेक्टर धान र २ हेक्टर तरकारी तथा बेनीघाट रोराङमा २५ हेक्टर धान र ९ हेक्टर तरकारी खेती बाढीले बगाएको छ।
भोटेकोशीको यो बाढीले धादिङसहित नुवाकोट, रसुवा र गोरखाका विभिन्न क्षेत्रमा समेत व्यापक असर पारेको छ। प्रतिवेदन अनुसार प्रभावित क्षेत्रहरूमा कुल एक हजार ६६९ हेक्टर धानखेती नष्ट हुँदा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ भने १३७ हेक्टर क्षेत्रफलको तरकारी नष्ट हुँदा एक हजार८४३ टन धान उत्पादन गुमेको छ।
यस बाढीले बालीनाली मात्र नभई पशुपालन क्षेत्रमा पनि ठूलो असर पुर्याएको छ। तथ्यांकअनुसार बाढीबाट देशभर कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित हुँदा १११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जसमा भैँसी, बाख्रा-च्याङ्ग्रा र गाईगोरुको क्षति मात्र कुल पशुधन क्षतिको ९२.३ प्रतिशत रहेको छ। बाढीको यो प्रहारले धादिङ लगायत प्रभावित क्षेत्रका किसानहरूको वर्षभरिको मेहनत खोसिएको छ भने ग्रामीण अर्थतन्त्र गम्भीर संकटमा परेको छ।








The app version is way more convenient than the browser. I can play anywhere and the connection is stable. Love using bd89bdapp on my phone.
This site has a very welcoming vibe. I love how clean the layout is and the games are top notch. idpopi99