लायन्स क्लब र जुकुन्फ्ट्स किन्डर नेपालको सहयोगमा धादिङका ११२ बाढीपीडित परिवारलाई राहत वितरण
169 पटक पढिएको
धादिङ- धादिङ जिल्लाको बाढी प्रभावित क्षेत्रमा जुकुन्फ्ट्स किन्डर नेपाल ई.भी. को आर्थिक सहयोग तथा लायन्स क्लब अफ नेपाल हाईलाईट र लायन्स क्लब अफ काठमाडौं इक्विटीको संयुक्त आयोजनामा बाढीपीडित परिवारहरूका लागि राहत तथा आपतकालीन सहयोग कार्यक्रम सम्पन्न भएको छ। विपद्को कठिन घडीमा पीडित परिवारहरूको तत्कालीन आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै गल्छी ६ को महेशदोभान क्षेत्रमा ३५ घरधुरी, गजुरी ५ को पोखरे खोला क्षेत्रमा ३५ घरधुरी र गलौँदो क्षेत्रमा ४२ घरधुरी गरी जम्मा ११२ बाढीपीडित घरधुरीलाई आवश्यक राहत सामग्री वितरण गरिएको हो।
कार्यक्रममा प्रत्येक पीडित परिवारलाई ओछ्यानमा प्रयोग हुने कपडाको एक सेट, तन्ना, सिरक, डस्ना, सिरानी, सिरानीको खोल लगायतका घरायसी सामग्री तथा हाते टर्च लाइट समेत उपलब्ध गराइएको थियो। राहत सामग्री वास्तविक पीडित परिवारसम्म निष्पक्ष रूपमा पुर्याउनका लागि धादिङ जिल्लाको उक्त क्षेत्रमा आवश्यक सूचना तथा पीडित परिवारहरूको वास्तविक विवरण तथा डाटाबेस संकलन गरी राहत उपलव्ध गराईएको थियो । त्यसैगरी, यस मानवीय राहत अभियानका लागि आर्थिक सहयोग जुटाउन तथा आवश्यक समन्वय गर्न लायन दिनानाथ अम्गाईंले विशेष पहल गर्नुभएको थियो।
बैरेनीस्थित महेशदोभानमा राहत सामग्री व्यवस्थापन गर्न दिलबहादुर रम्तेल, प्रकाश भण्डारी र शिव भण्डारीले स्थानीय स्तरमा सहज वातावरण निर्माण गरिदिनुभएको थियो। पोखरे खोला र गलौँदो क्षेत्रमा गजुरी ५ का वडा अध्यक्ष गोविन्द लामिछानेको अध्यक्षतामा सम्पन्न यस राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५-G का सेकेन्ड भाइस गभर्नर अग्नि प्रसाद अधिकारीको विशेष उपस्थितिले कार्यक्रमलाई थप उत्साह प्रदान गरेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ नेपाल हाईलाईटका चार्टर प्रेसिडेन्ट तथा क्लस्टर चिफ विनोद सडौला, दिनानाथ अम्गाईं, ईश्वर भण्डारी, भुवन ढकाल, ठाकुर बुलाकोटी र लायन्स क्लब अफ काठमाडौं इक्विटीबाट राजन बुलाकोटी तथा नारायण शर्मा लगायतका लायन्स सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। विपद्को समयमा पीडितको दुःखमा साथ दिनु नै मानवताको सच्चा परिचय भएको र राहत केवल सामग्रीको वितरण मात्र नभई पीडਾमा रहेका परिवारलाई तपाईंहरू एक्लै हुनुहुन्न भन्ने भरोसा भएको आयोजकले जनाएका छन्।
मानवीय सेवाको यस पवित्र अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने जुकुन्फ्ट्स किन्डर नेपाल ई.भी., लायन्स क्लब अफ नेपाल हाईलाईट, लायन्स क्लब अफ काठमाडौं इक्विटी, सम्पूर्ण लायन्स परिवार, स्थानीय जनप्रतिनिधि, दाताहरू तथा सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक नमन तथा धन्यवाद ज्ञापन गरिएको छ।








Had a great experience with the daily rewards. It keeps the game exciting even when I am on a losing streak. Love pkluky888
Super impressed with the loading speeds and the overall vibe of the site. It feels professional and fair. If you are looking for a steady win, try gp88game.
If you love slots then this is the place to be. The variety of games is insane and the bonuses are generous. Love taipan77slot.
Honestly one of the best experiences I have had online lately. The graphics are crisp and the bonuses are actually usable. Love idsemesta88.