भोटेकोशी बाढीको कहर: धादिङमा सामान ढुवानी ठप्प, १३२ किमी घुमाउरो बाटो प्रयोग गर्न बाध्य; धादिङ उद्योग वाणिज्य संघद्वारा सरकारलाई ज्ञापनपत्र
142 पटक पढिएको
धादिङबेँसी। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङ जिल्लाको जनजीवनका साथै आर्थिक र व्यावसायिक क्षेत्रमा विकराल असर पारेको छ। बाढीले मुख्य सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि सिर्जित समस्या समाधानका विकल्पसहित धादिङ उद्योग वाणिज्य संघले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
संघले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै बाढी प्रभावित क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग गरेको हो।
ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बाढीबाट भएको क्षतिको उचित सम्बोधनसँगै आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना, दीर्घकालीन समाधान र आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बाढीका कारण पृथ्वी राजमार्गको फुर्केखोलास्थित पक्की पुल बगेपछि सदरमुकाम धादिङबेँसी जोड्ने प्रमुख सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य पुल नै बगेपछि सदरमुकामसम्म दैनिक उपभोग्य सामग्री तथा अन्य अत्यावश्यक सामान ढुवानी गर्न निकै असहज भएको स्थानीय व्यवसायीहरू बताउँछन्।
सडक अवरुद्ध भएपछि अहिले मुग्लिनतर्फबाट आउने मालवाहक तथा यात्रुवाहक बसहरू आँबुखैरेनी हुँदै गोरखा, आरुघाट भएर मात्र धादिङबेँसी आइपुग्नुपर्ने बाध्यता छ। साविकको छोटो दुरीको साटो १३२ किलोमिटर थप घुमाउरो बाटो प्रयोग गर्नुपर्दा इन्धन र समय बढी लागेर ढुवानी खर्च अत्यधिक बढेको व्यापारीहरूको गुनासो छ।
यता वैकल्पिक मार्गका रूपमा हेरिएको मासटार–परेवाटार सडकखण्ड पनि सहज रूपमा सवारी साधन चल्न सक्ने अवस्थामा छैन। सडक निकै साँघुरो भएकाले सवारी आवागमनमा समस्या भएपछि स्थानीय प्रशासनले उक्त खण्डमा एकतर्फी बनाएर मात्र बस तथा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। तर, यसले पनि सवारी जाम र यात्रामा थप ढिलाइ भइरहेको चालकहरू बताउँछन्।
उद्योग वाणिज्य संघले फुर्केखोलामा तत्काल पक्की वा वैकल्पिक बेलिब्रिज निर्माण गरी यातायात सुचारु गर्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग जोडदार माग गरेको छ।








Love the variety of games here. I had a great run last night and the customer support was very helpful with my deposit. Check out phjilibit
Really convenient app for anyone on the go. The layout is clean and everything works exactly as it should. Download nutristarapp and see for yourself.