नेपाली कांग्रेस धादिङको अधिवेशन: ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन, अन्य पालिकामा सहमति र मतदानको तयारी
387 पटक पढिएको
धादिङ: नेपाली कांग्रेस धादिङको जारी गाउँपालिका अधिवेशन अन्तर्गत हालसम्म ५ वटा पालिकामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा देवी कुमारी बुर्लाकोटी पाण्डे र थाक्रे गाउँपालिकाको सभापतिमा सादुराम थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसअघि सिद्दलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई र गंगाजमुनामा भरत बहादुर ढकाल सर्वसम्मत भइसकेका छन्। नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार यी पालिकाहरूमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पालिकासहित अन्य क्षेत्रहरूमा पनि सर्वसम्मतिको प्रयास भइरहेको छ।
केहीपालिकाहरूमा भने सहमति नजुग्दा नेतृत्व चयन प्रक्रिया प्रभावित भएको छ। धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धुनिबेसी, गल्छी र गजुरी गाउँपालिकाको अधिवेशन साँझसम्म पनि सहमति हुन नसकेपछि आगामी असोज ११ गतेसम्मका लागि स्थगित गरिएको कांग्रेस १ नं. क्षेत्रीय सभापति कुमार सिंखडाले जानकारी दिनुभएको छ। उहाँका अनुसार वर्षातको कारण देखाउँदै अधिवेशन केही समयका लागि सारिएको हो।
यता, नीलकण्ठ र ज्वालामुखी गाउँपालिकामा भने नेतृत्वका लागि धेरै जनाको दाबी रहेको र आकांक्षी उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत मत माग्न थालेकाले मतदान हुने सम्भावना प्रवल देखिएको छ। सभापतिमा धेरैको दाबी र आन्तरिक प्रतिस्पर्धाका कारण निर्णय लिन समय लागेको बुझिएको छ।
बाँकी रहेका अन्य पालिकाहरूको नेतृत्व पनि यथाशीघ्र टुंगो लगाउने गरी छलफल भइरहेको र सहमति नभएका स्थानमा लोकतान्त्रिक प्रक्रिया अनुसार मतदानबाट टुंग्याइने कांग्रेस धादिङले जनाएको छ।








Really impressed with the customer support here. They answered my questions about the deposit process in minutes. phd63com is definitely one of the more trustworthy options out there.
The game variety here is insane! I love how the slots run without any lag, making the whole experience much more immersive. Highly recommended for slot enthusiasts. Visit evoplayslot