राप्रपा धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय तथा प्रदेश अधिवेशन सम्पन्न
72 पटक पढिएको
धादिङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन तथा प्रदेश १(क) र १(ख) को प्रदेश अधिवेशन गजुरीमा सम्पन्न भएको छ।
अधिवेशनले विनोदकुमार पाठकको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति पुनर्गठन गरेको छ। त्यस्तै, प्रदेश १(क) को अध्यक्षमा रामबहादुर आचार्य र प्रदेश १(ख) को अध्यक्षमा राजन सेढाईं चयन भएका छन्।
अधिवेशनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, प्रतिनिधिसभा सदस्य सरस्वती तामाङ, जिल्ला अध्यक्ष धु्रवप्रसाद खनाललगायतका नेताहरूको सहभागिता रहेको थियो। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पाँचवटै पालिकाबाट क्षेत्रीय र प्रदेश अधिवेशनका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा पार्टीको नीति, आगामी महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा नेताहरूले धारणा राखेका थिए।
राप्रपा जिल्ला निर्वाचन संयोजक नानीबाबु लोहनीले निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
राप्रपाको जिल्ला अधिवेशनमा स्थानीय तहका अध्यक्ष, प्रदेश कार्यसमितिका अध्यक्ष तथा सदस्य, क्षेत्रीय कार्यसमितिका अध्यक्ष तथा सदस्यलगायत तल्लो तहबाट निर्वाचित प्रतिनिधिहरू सहभागी हुने व्यवस्था रहेको जनाइएको छ। पार्टीको तल्लो तहको अध्यक्षले माथिल्लो तहको कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने तर अधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था रहेको छ।








I was struggling to find a reliable spot until I tried this. The interface is super smooth and easy to navigate. Glad I found rotowirelogin.