कांग्रेसको उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित

42 पटक पढिएको

२१ आश्विन २०८३, बुधबार ०६:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुु भएको छ ।उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यसैगरी महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनु भएको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।