हिमालका भेडा बेंसी झर्दै

2567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 ???????????????????????????????धादिङ, मंसिर २०- चरन क्षेत्रमा चिसो बढ्न शुरु भएसँगै हिमाली भेगका भेडीगोठ बस्ती नजिकैका डाँडातिर सारिएका छन् । कात्तिकको पहिलो सातादेखि नै हिमाली भेगमा चिसो बढ्न थालेपछि गोठहरु बेसी झर्न थालेका हुन् । भेँडीगोठहरु ६ महिना लेक र ६ महिना वेशीमा राखिन्छ । अहिले वस्ती नजिक सारीएको भेँडीगोठहरु बैशाख जेठ देखि लेकमा फर्काइने गरिन्छ उज्यालो अनलाईनले खबर लेखेको छ ।

लेकको चरन क्षेत्रमा हिउँ जमेर चिसो बढ्न थालपछि हरेक बर्ष भेडीगोठहरु तल्लो भेगमा झार्ने गरिन्छ । असोजको अन्तिमतिर धादिङको तिप्लिङबाट जाडो छल्न बेसी सारिएका भेडिगोठ जेठ सम्ममा पुरानै चरनमा पुग्ने किसानहरु बताउंछन् । हिउँद याममा हिमाली भेगको चरन क्षेत्रमा अत्याधिक चिसो हुने भएपछि दशैंपछि भेडी गोठ बेसीमा सार्ने गरिएको तिप्लिङका मेन घलेले बताउृनुभयो । लेकमा चिसो बढेपछि बेसी झारिने भेडा, चौरीहरु जेठ देखि असोज सम्ममात्र लेकमा राख्ने गरिन्छ ।

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने दार्खा, झार्लाङ, सत्यदेवी, रिगाउं, लापा, सेर्तुङ, तिप्लिङ लगायतका गाविसमा बर्र्षाैदेखि व्यवसायिक रुपमा चौरी तथा भेडा पालन हुंदै आएको छ । यस भेगमा पालिएका चौंरी तथा भेडालाई तिप्लिङ गाविसको मस्योङमा गोठ वनाएर राख्ने गरिएको छ । चरनमा भेडा रहेको बेला लेक पुग्दा  त्यहांका गोठले ठुलै बस्तीको झझल्को दिने गरेको छ । गणेश हिमालको फेदीमा रहेका लेकमा फराकिलो चरनक्षेत्र भएकोले त्यहाँ रहंदा कसैको पनि बाली बिग्रने डर नहुने तर तल्लो भेगमा पशु चराउँदा बालिनाली खाईदिएर समस्या पार्ने भएपछि गोठ बेसी झारेको बेला किसानहरुसंग समन्वय गरी वाँझो वारीमा अस्थायी गोठ बनाउँदै भेडी चराउने गरेको गोठालाहरु बताउंछन् ।
तल्लो भेगमा झारिएका भेडा लेक सार्नेक्रममा हरेक दिन माथि माथि लैजाने र बेसी झार्दा पनि त्यसै गर्ने गरिएको भेडी गोठाला उजौ लामाले वताउनु भयो ।

भेडी गोठ बेसी झार्दा धादिङ जिल्लाको उत्तरी भेगको माथिल्लो भागका विभिन्न स्थानका खेतबारी र जंगल क्षेत्र चौंरी र भेंडाले भरिने गरेको छ । गोठमा बस्नेहरुले दिनभरी बाँसको चोयाबाट डोको, थुन्से, घुम,राडी पाखी बुनेर आय आर्जनका लागि घर परिवारलाई पठाउने गर्दछन । यसरी तयार पारिएका सामानहरु लिनका लागि गाउँबाट आफन्तहरु खानेकुरा लिएर गोठमा जाने चलन रहेको किसानले बताए । साथै गोठमा रहेको वेला भेडिको दुधवाट छुर्पी र चिज वनाएर पनि बिक्री गरि आयआर्जन गर्ने गरिएको उनीहरु बताउँछन् । भेंडालाई तीन महिना हिमाली भेगमा लैजाने र दुई महिना तल्लो भेगमा झारेर चरनमा डुलाईने गरिन्छ । तल्लो भेगमा खेतबारीमा खेती नभएको समयमा चरनका लागि सजिलो हुने गरेको किसानहरुको भनाई छ ।

वर्षौंदेखि जिल्लाको उत्तरी क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा भेंडा तथा चौंरी पालन गर्दै आईरहेको भएपनि निश्चित चरन नहुँदा समस्या हुने गरेको दार्खा बृचेतका गोपाल फ्युवाले वताउनुभयो । चरन क्षेत्रको सुधार गर्न सके पशुपालन व्यवसायबाट नै उत्तरी धादिङका किसानको जीवनस्तरमा सुधार आउने विश्वास फ्युवाको छ । धादिङ जिल्लाका हिमाली भेगमा धेरै भेडीगोठ भएपनि युवा विदेश पलायन हुन थालेपछि भेडीगोठको संख्या विस्तारै घट्न थालेको स्थानीयबासिन्दाले बताएका छन्  ।

हिमालका भेडा बेंसी झर्दै

हिमालका भेडा बेंसी झर्दै