नेकपा एमाले सिद्धलेकको अध्यक्षमा रामहरी बराकोटी निर्वाचित

102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक १४ बैशाख । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न भएको नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७  सदस्यिय कार्यसमिति चयन गरेको हो ।

अधिबेशनबाट आगामी ३ बर्षका लागि उपाध्यक्षमा देव बहादुर पुलामी, सचिवमा चेतनाथ सिलवाल ,सह सचिवमा लक्ष्मी बराम र राजु उपाध्याय निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा लक्ष्मण खतिवडा र चन्द्रप्रसाद सिलवाललाई पराजित गर्दै देव वहादुर निर्वाचित हुनुभएको हो । खतिवडालाई ५४ र सिलवाललाई ३३ मत प्राप्त हुंदा देववहादुरले ६३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

यसै गरी सचिव पदमा पनि निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार शंकरप्रसाद थपलियाले ५० मत पाउनु भएको थियो भने चेतनाथ सिलवालले १०३ मत ल्याएर विजयी हुनु भएको हो ।

रामहरी बराकोटीको अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्दिय संगठन विभाग प्रमुख भानुभक्त ढकाल हुनुहुन्थ्यो । अधिबेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रिय सदस्य जानुका सिम्खडा,  जिल्ला अध्यक्ष भूमि त्रिपाठी,सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गाेबिन्द कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा धादिङ जिल्लाबाट एमालेको वागमती प्रदेश कमिटीमा प्रतिनिधिच्व गर्ने सदस्यहरु ,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको आतिथ्य रहेको थियो ।

अधिवेशनमा  २ सय १ जना प्रतिनिधि सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *