एमाले पोलिटब्युरो सर्वसम्मत, धादिङका ३ जना चयन

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

601808_317617911704383_1048761598_nधादिङ- नेकपा एमालेले महाधिवेशनको पाँच महिनापछि पोलिटब्युरो गठन गरेको छ।पोलिटब्युरो चयनका लागि निर्वाचन कार्यक्रमसमेत तय भइसकेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि आइतबार केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो गठन गरेको हो। धादिङ जिल्लाका ३ जना पोलिटव्युरो सदस्यमा चयन भएका छन । पोलिटव्युरो सदस्यमा चयन हुनेहरुमा राजेन्द्र पाण्डे,सुरेन्द्र पाण्डे र गंगालाल तुलाधर रहेका छन । यस अघिको कार्य समितिमा पनि तीनै जना पोलिटव्युरो रहेका थिए । महाधिबेशनमा राजेन्द्र पाण्डे उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव पदमा पराजित भएका थिए । पोलिटव्युरो सदस्यमा चयन भएका तीनै जना पुर्व मन्त्री समेत हुन ।

पोलिटब्युरोमा ४७ पूर्ण र १५ वैकल्पिक सदस्यहरू छन्।
पूर्ण सदस्यहरू–
१. केपी शर्मा ओली
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. वामदेव गौतम
५. विद्यादेवी भण्डारी
६. युवराज ज्ञवाली
७. अष्टलक्ष्मी शाक्य
८. भीम रावल
९. ईश्वर पोखरेल
१०. विष्णुप्रसाद पौडेल
११. घनश्याम भुसाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वी सुब्बा गुरुङ
१४. गोकर्ण बिष्ट
१५. भीम आचार्य
१६. योगेश भट्टराई
१७. मुकुन्द न्यौपाने
१८. अग्नी खरेल
१९. अरुण नेपाल
२०. काशीनाथ अधिकारी
२१. किरण गुरुङ
२२. गणेश तिमिल्सिना
२३. गंगालाल तुलाधर
२४. छविलाल विश्वकर्मा
२५. थममाया थापा
२६. नागेन्द्र चौधरी
२७. प्रकाश ज्वाला
२८. प्रदिप नेपाल
२९. परशुमेघी गुरुङ
३०. पशुपति चौलागाईं
३१. बिन्दा पाण्डे
३२. बेदुराम भुसाल
३३. भानुभक्त ढकाल
३४. महेन्द्र पाण्डे
३५. यामलाल कँडेल
३६. रघुजी पन्त
३७. राजेन्द्र पाण्डे
३८. राधा ज्ञवाली
३९. रामनाथ ढकाल
४०. रामप्रित पासवान
४१. लालबाबु पण्डित
४२. विजय पौडेल
४३. विष्णु रिमाल
४४. शंकर पोखरेल
४५. सत्यनारायण मण्डल
४६. सुरेन्द्र पाण्डे
४७. श्रीमाया थकाली
वैकल्पिक सदस्यहरू
१. कर्ण थापा
२. गोकुल घर्ती
३. गोरख बोगटी
४. गौरा प्रसाईं
५. जगत विश्वकर्मा
६. जगन्नाथ खतिवडा
७. तुलबहादुर गुरुङ
८. दलबहादुर राना
९. वंशिधर मिश्र
१०. भागवत विश्वासी
११. युवराज कार्की
१२. योगनारायण यादव
१३. शत्रुघन महतो
१४. शेरधन राई
१५. सानुकुमार श्रेष्ठ।
पार्टी अध्यक्ष ओलीले प्रस्तुत गरेको पोलिटब्युरो गठनसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो। बैठकमा अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी र पोलिटब्युरोको सर्वसम्मत गठनले पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने, जनतामा आशा र भरोसा वृद्धि गर्न सघाउने बताएका थिए। केन्द्रीय कमिटी बैठक पुस १ गते दिउसो पुनः बस्ने वताईएको छ ।