सत्यवती उच्च माविले मनायो ३९ औं बार्षिकोत्सव

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आदमटार- सत्यवती उच्च मावि आदमटारको ३९ औं बार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधर रहनु भएको थियो ।

10923842_10203252239576306_3812263426569798270_nबार्षिकोत्सवको अवसर पारेर बिद्यालयले पुर्व शिक्षकहरु लालवहादुर राना,रामशरण श्रेष्ठ,अभिभावक समितिका पुर्व सदस्यहरु रामप्रसाद खनाल,भरत गिरीलाई सम्मान गरिएको थियो । यसै गरी पुर्व बिद्यार्थीहरु मध्येवाट इन्जिनियर अर्जुन अधिकारी र डाक्टर बिष्णु खतिवडालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
बिद्यालयको बार्षिकोत्सवकै अवसर पारेर प्रतियोगितात्मक ह्याण्डवल प्रतियोगिताको समेत आयोजना गरिएको बिद्यालयले जनाएको छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको ह्याण्डल प्रतियोगिताको धादिङ जिल्ला ह्याण्डवल संघका अध्यक्ष बाबुकाजी श्रेष्ठले उदघाटन गर्नु भएको थियो ।