पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो सेक्स पार्टी गर्ने गरेको खुलासा

1914 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 benijar-bhutto-1
story-of-the-century-slider

एजेन्सी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको छ ।

चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ ।

लेखक मिर्जाका अनुसार भुट्टोले मोरोक्कन गो–गो ब्वाँयसंग शारिरीक सम्बन्ध समेत राख्ने गर्थिन् भन्दै बेलायती पत्रिका डेली मेलले जनाएको छ ।

सो किताबमा बेनिजिर र अमेरिकाका लागि तत्कालिन पाकिस्तानी राजदूत शेरी रहमानले संयुक्त रुपमा सेक्स पार्टीको आयोजना गरेको समेत प्रसंग राखिएको छ ।

यो समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् ।

पाकिस्तानमा लोकप्रिय भुट्टोको केही वर्षअघि गोली हानी हत्या गरिएको थियो ।

सेक्स पार्टीमा यस्तो अवतारमा देखिन्थिन् बेनिजिर:

benijar-bhutto