दुर्घटनामा घाईते प्रिन्सिपल ओझाको उपचार ग्राण्डीमा हुंदै, अबस्था खतरामुक्त

805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंगलबार नुवाकोट जिल्लाको कोल्पुटारमा भएको दुर्घटनामा परि घाईते हुनु भएका दि राईजिङ भिलेज आवासीय बोर्डिङ स्कुल बैरेनीका प्रिन्सिपल नवराज ओझाको उपचार ग्राण्डी अस्पतालमा भईरहेको छ ।
उपचारमा संलग्न डाक्टरहरुले दिएको जानकारी अनुसार ओझाको अवस्था खतरामुक्त रहेको उहाँका आफन्तहरुले वताएका छन् ।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारमा मंगलबार बेलुकीपख टिपरले ठक्कर दिंदा ओझा घाईते हुनु भएको हो । ओझा संगै यात्रा गरिरहेका भैरबी आधारभूत बिद्यालय गल्छी –१, पारिलाछापका प्रधानाध्यापक हरिप्रसाद खतिवडाको भने घटनास्थलमानै ज्यान गएको थियो ।

गल्छीबाट देवीघाटतर्फ जांदै गरेको बा २ क ४००८ नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ८६ प ९५२० नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ का शिक्षक  खतिवडाको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।