हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

2099 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ,९ जेठ ः धादिङको हुग्दी खोला स्थित पुल जिल्लाकै सबैभन्दा धेरै दुर्घटना हुने पुलका रुपमा चिनिन थालेको छ । यो ठाउँबाट हरेक महिना जसो सवारी साधन खोलामा खस्ने गरेको छ । हरेक पटकको दुर्घटनामा कोही न कोहीको ज्यान गुम्ने गर्दछ । यहाँको दुर्घटनाको दृष्य देखेर स्थानीयवासी समेत झसंग हुने गर्दछन । बुधवार विहान पनि यहि पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षिय शेर बहादुर सोमही मगर रहेका छन । घाईते भएका उनको उपचारका लागि काठमाण्डौं स्थित अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जोगिमारा प्रहरीले जानकारी दिएको छ ।
बुधबार पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट खोलामा ट्रक खस्दा दुई जना घाईते भएका हुन । काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक तीब्र गतिका कारण अनियन्त्रित भई पुलबाट हुग्दी खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नवलपुर जिल्ला मध्यविन्दु –१० का मनोज आले र अर्घाखाँची जिल्ला गंगा नगरपालिका घर भएका लेखबहादुर घर्ती घाईते भएको वताईएको छ । घाईतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

तस्बिर सौजन्य
विश्वदिप डल्लाकोटी को फेसबुकवालबाट