थाक्रेको मानेडाँडामा ट्रिपर पल्टिंदा ३ जनाको ज्यान गयो, ३ जना घाईते

1453 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे-धादिङको थाक्रे गाउँपालिका वडा नम्बर –१० मानेडाँडामा शुक्रबार सांझ ट्रिपर पल्टिदाँ ३ जनाको ज्यान गएको छ । ३ जना घाईते भएका छन ।
थाक्रे गाउँपालिका–१०, च्युरिपाटीबाट गल्छी गाउँपालिकाको चकमके तर्फ जाँदै गरेका गाउँलेहरु चढेको बा ५ ख २४१८ नम्बरको ट्रिपर एक्कासी अनियन्त्रित भई शुक्रबार सांझ ६ः३० बजे तिर सडक देखि ३ सय मिटर भन्दा तल खस्दा सो दुर्घटना भएको स्थानीयवासीले वताएका छन् ।
दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा थाक्रे–१० घर भएका ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका अन्जादी ५२ वर्षीया सावित्री तामाङ र अन्दाजी ६० वर्षीया सोममाया तामाङ रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
दुर्घटनामा परि तीन जना घाईते भएका छन् । घाईते हुनेमा ट्रिपर चालक गल्छी गाउँपालिका वडा नम्बर ८ का हरेन्द्र तामाङ, थांक्रे–१० का इन्द्रवहादुर तामाङ सोही ठाउँका ४ वर्षीय बालक रहेका छन् । घाईतेहरुको स्थानीयवासी, जिवनपुर तथा खानीखोलाबाट गएको प्रहरी ,रेडक्रसकर्मी लगायतको टोलीले उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौँ ट्रमा सेन्टर पठाइएको उद्धारमा संलग्न स्थानीय भिमसेन लामाले धादिङ न्यूजलाई वताउनु भयो ।