धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै,दिव्यदर्शन टेलिभिजनको परिक्षण प्रसारण शुरु

689 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै गएको छ् । यसै क्रममा सदरमुकाम धादिङबेसी बाट जिल्लाको पहिलो केबुल टेलिभिजन “दिव्यदर्शन”को परीक्षण प्रसारण शुरु भएको छ । संचारको बिकास क्रमसगै धादिङ जिल्लाबाट त्रिपुरा मिडिया प्रालिले टेलिभिजन सन्चालनमा ल्याएको हो । करिब ४० लाख खर्चेर सञ्चालनमा ल्याईएको केवल प्रविधिबाट प्रसारण हुने “दिव्यदर्शन” टेलिभिजन केवल नेटवर्क पुगेका गाउँबस्तीहरुमा सजिलै सँग हेर्न सकिने त्रिपुरा मिडिया प्रालिले जनाएको छ ।diya darshan tv
स्थानीय यूवाहरुको सकृयतामा स्थापना भएको त्रिपुरा मिडिया प्रालिद्वारा संचालनमा ल्याइएको टेलिभिजनको औपचारिक प्रसारण भदौ १५ वाट गरिने कम्पनीका अध्यक्ष वावुकृष्ण श्रेष्ठले बताउनु भयो । टेलिभिजनको औपचारिक प्रसारण सुरु भएपछी छिमेकी जिल्ला नुवाकोट, गोरखा,तनहु र चितवन जिल्लाका केही भागहरुमा समेत टेलिभिजन हेर्न सकिने लक्ष्यका साथ काम भईरहेको कम्पनीका प्रवन्ध निर्देशक पोषनाथ आधिकारीले बताउनु भएको छ ।

धादिङ जिल्लामा अहिले सदरमुकाम बाट ४ वटा र राजमार्ग क्षेत्रबाट २ वटा एफ एम प्रसारणमा रहेका छन । जिल्लाबाट नियमित रुपमा १ अनलाईन, २ दैनिक,७ साप्ताहिक,१ मासिक सन्चालनमा रहेका छन । सदरमुकाम र नौबिसेमा १ -१ वटा एफ एम दर्ता भई सन्चालनको तयारीमा रहेकाछन । संचार गृह खुल्ने क्रम बढे पनि जिल्लामा आर्थिक बिकासको क्षेत्रले प्रगती गर्न नसक्दा अधिकांश संचार गृहले पनि त्यस्को मार खेप्नु परेको छ् । सिमित बजारका कारण संचार गृहले बिज्ञापनमा सोचेजस्तो उपलब्धी हासिल गर्न भने सकेको छैन ।