गजुरी गाउँपालिका

नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम..

मुख्यमन्त्री पौडेलबाट गजुरी गाउँपालिका भवन उद्घाटन

गजुरी -धादिङको गजुरी गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरि प्रयोगमा ल्याएको छ । गजुरी वजारमा निर्मित गाउँकार्यपालिकाको भवनको जेठ ६ गते प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नु भयो । गाउँपालिकाको भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले योजना निमार्ण गर्दा ३ वर्षमा सम्पन्न हुने गरी योजना..

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई दिनमा १४ जनाको मृत्यु

धादिङ, ६ जेठ - शनिवार र आईतबार धादिङ जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डौं आउँदै गरेको रात्री वस आईतबार विहान गजुरी गाउँपालिकाको बन्छेटारमा सडकबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा र पाँच जनाको उपचारका क्रममा मृत्यु..

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु,२७ जना घाइते

धादिङ, ५ जेठ -  धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ को बन्छेटार स्थित पृथ्वीराजमार्गबाट यात्रुवाहक रात्री बस त्रिशूली नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आईतबार विहान धादिङको आदमघाट नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चारजनाको..

आदमघाट नजिकैबाट बस त्रिशूली नदीमा खस्यो (UP DATE)

धादिङ, ५ जेठ - धादिङको गजुरी गाउँपालिकाको वन्छेटार नजिकै पृथ्वीराजमार्गमा बाट बस त्रिशूली नदीमा खसेको छ । काँकडभिट्टाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आईतबार विहान गजुरी गाउँपालिकाको बन्छेटारको उकालो स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । बस नदीमा खसेको खबर आएलगत्तै आदमघाटमा रहेको शशस्त्र..

सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?

धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर..

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

प्रदेश नं ३ का ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख निकासा

हेटौँडा, २४ वैशाख । एम्बुलेन्स, शववाहन, दमकल लगायतका आपतकालिन सवारी साधन खरिद गर्नका लागि प्रदेश नं ३ सरकारले प्रदेशका ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख रुपैयाँ निकासा गरेको छ । यसरी निकासा भएको रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गरिने भएको छ । प्रदेश सरकार मन्त्री परिषदको २०७६ बैशाख ८ गतेको निर्णय..

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

लागुऔषध अफिम र चरेस सहित गजुरीबाट एक पक्राउ

धादिङ, २३ बैशाख - भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाई लागुऔषध अफिम र चरेश राखेर धादिङ  हुंदै भारत तर्फ जाँदै गरेको  अवस्थामा एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषधको बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गरिरहेको प्रहरीले धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको कारवाट १ सय ७८ ग्राम अफिम र ४७ किलो चरेस..

गजुरीकी प्रीतिको भारतको सिलगढीमा मृत्यु

धादिङ २२ बैशाख । धादिङको गजुरी स्थायी वासिन्दा प्रीति छेत्रीको भारतको दार्जिलिङ जिल्लास्थित सिलगढीमा मृत्यु भएको छ । सिलगढी प्रधान नगर प्रहरीका अनुसार बिहीबार अपरान्ह घरभित्रै झुण्डिरहेको अवस्थामा प्रीतिको शव भेटिएको हो । १४ वर्षकी छोरीको मृत्युको सूचना पाएलगत्तै प्रीतिका बुबा वेदबहादुर र प्रीतिका दाजु शुक्रबार बिहानै सिलगढी..

क्रसर र बालुवा धुने उद्योगप्रति अख्तियारले देखायो चासो

धादिङ।  अबैध रुपमा संचालन भईरहेका क्रसर र बालुवा धुने  ‘वास' उद्योग प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगले राजधानी काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाहरु  धादिङ, नुवाकोट,ललितपुर,काभ्रे, मकवानपुर, सिन्धु्पाल्चोक लगायतका आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वास’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी..

मध्यरातमा गाउँको सिंहदरवार फुटाएर सामान चोरी

गजुरी -धादिङको गजुरी गाउँपालिकाको कार्यालय फुटाएर रातीको समयमा सामान चोरी भएपछि सिंहदरवार भनिएको स्थानीय तह आंफै असुरक्षित देखिएको छ । बैशाख १९ गते राती करिब १२ बजे पछिको समयमा गजुरी गाउँ कार्यपालिकाको कार्यालयमा नचिनेको व्यक्तिहरुबाट कार्यालयको मुल ढोका तोडी सबै कार्यकक्षको ढोका फुटाई त्यहाँ रहेको दराज तथा टेबलको घर्राहरु समेत..

श्रमिक दिवसमा जनचेतनामुलक कार्यक्रम

धादिङ -प्रयास नेपाल धादिङले १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी ईँटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट ईँटा उद्योग र गजुरी ५ मा रहेको राजधानी ईँटा उद्योग आसपासमा श्रमिक दिवसको अवसरमा जनचेतना रयालीको आयोजना गरिएको हो । प्रयास नेपाल धादिङका..

गजुरीका १० बिद्यालयमा सचेतनामुलक अभियान संचालन गरिने

गजुरी - बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिमबाट सुरक्षित गर्न धादिङको गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा सचेतनामुलक अभियान संचालन गरिने भएको छ । गजुरी गाउँपालिका शिक्षा शाखा,बिद्यालय र प्रयास नेपाल धादिङको समन्वयमा आसमान नेपालले अभियानमुखी कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रमका बिषयमा जानकारी दिन..

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories