मध्यपहाडी लोकमार्गले खुसिसँगै चिन्ता पनि थप्यो

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

DSC_0280धादिङ, माघ १७ – धादिङको कटुञ्जेबजारका बासिन्दा बजारको अस्तित्व कसरी जोगाउने भन्ने चिन्तामा परेका छन् । मध्यपहाडी लोकमार्ग बजारको बिच भागबाट जाने भएपछि धादिङकै पुरानो बजारको अस्तित्व कसरी जोगाउने भनेर बजारका बासिन्दा चिन्तित भएका हुन् ।

पश्चिमका जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने पुरानो पैदल मार्गमा पर्ने कटुञ्जे बजारको बिच भागबाट लोकमार्ग बिस्तार हुनेभएपछि खुसि भएका त्यहाँका बासिन्दा बजारको अस्तित्व जोगाउने उपायको खोजिमा रहेका छन् ।

नुवाकोटको त्रिशुलीबाट सामरीभञ्ज्याङ, भर्‍याङभुरुङ, थर्पु, भोगटेनी हुँदै सेल्ले सम्म बिस्तार भैसकेको लोकमार्ग कटुञ्जे बजारसम्म जोडिन अब सात किलोमिटरमात्रै बाँकी छ । जिल्लाका प्राय सबै गाउँमा बाटो पुगेपछि पुरानो व्यापारिक केन्द्र कटुञ्जे  केही वर्षदेखि ओझेलमा पर्दै आएको छ ।

निर्माणाधिन लोकमार्गका कारण बजारसँगै तत्कालिन अवस्थामा पैदल यात्रा गर्नेलाई बास बस्न बनाइएका ऐतिहाासिक पाटी पनि संकटमा परेको भन्दै बजारका बासिन्दाले चिन्ता जनाएका छन् ।

निर्माणाधिन सडकको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर युवराज खतिवडाले शुक्रबार स्थलगत अवलोकन गर्नुभएको थियो ।

स्थलगत अलोकन पछि बोल्दै खतिवडाले लोकमार्ग निर्माणको अहिलेको गित सुस्त भएको र यसलाई चाँडै सम्पन्न गर्न निर्माणको गति तिब्र पार्नुपर्ने बताउनुभयो । स्थानीय बासिन्दाले भने सडक निर्माणको क्रममा ऐतिहासिक सम्पदा संरक्षण तर्फ ध्यान दिन आग्रह गरेका छन् ।