राहत स्वरुप दलित समुदायलाई गहुँ र तकारीको बीउ वितरण

2213 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitled-2 copyधादिङ-दलित सेवा संघ जिल्ला शाखा धादिङले विनासकारी भुकम्पपछि विपदमा रहेका धादिङ जिल्लाका विभिन्न गा.वि.स.र नगरपालिकाका दलित समुदायलाई राहत स्वरुप गहुँको र तरकारीको बीउ वितरण गरेकोछ ।
युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा ज्यामरुङ, चैनपुर, र खाल्टे गा.वि.स. तथा नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र १० का दलित परिवारलाई प्रतिघरधुरी २० के.जी. गहुँको बीउ र १२ किसिमको तरकारी बीउ राहत स्वरुप वितरण गरिएको हो ।
भुकम्पको विपदपछि दलित समुदायमा तत्कालका लागि राहत स्वरुप पहिलो चरणमा खाद्य तथा गैर खाद्य सामग्री वितरण गरिए पनि हाल दीर्घकालीन जीवन निर्वाहका लागि गहुँको बीउ र तरकारीको बीउ वितरण गरिएको हो । यसरी बितरण गरिएको बीउ ज्यामरुङमा ३२, चैनपुरमा ५३ र खाल्टेमा २७ तथा नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र १० मा ६० गरि जम्मा १ सय ७२ घरधुरी दलित समुदायलाई वितरण गरिएको संस्थाका अध्यक्ष श्यामवहादुर मंग्रातीले जानकारी दिनुभयो ।

Untitled-1 copyदलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष मगराती, उपाध्यक्ष जीतबहादुर परियार र युनाइटेड मिसन टु नेपाल धादिङका संस्थागत विकास अधिकृत कृष्णकुमारी मल्लको उपस्थितीमा भएको बीउ वितरण कार्यक्रममा दलित सेवा संघ प्रशाखा खाल्टेका अध्यक्ष विशाल रोक्का र दलित सेवा संघ प्रशाखा मुरलीभञ्ज्याङका सचिव सुनिल विसुन्केको पनि सहभागिता रहेको थियो ।