बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको ३५ दिनको म्याद

302 पटक पढिएको

१९ बैशाख २०८१, बुधबार १५:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।

महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ ।