बझाङ-१ (क) मा नेकपा एमालेका उम्मेदवार भण्डारी विजयी

72 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । उपचुनावअन्तर्गत बझाङ बझाङ-१ (क) प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार भण्डारी सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा विजयी भएका हुन ।

एमालेका भण्डारीले ११६१२ मत ल्याउनु भएको थियो भने कांग्रेसका सिंहले ११३४३ मत ल्याएर पराजित भएका हुन ।

यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको थियो।कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।