परेवाटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

1058 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tyaktar1

tyaktar

माघ ५,  धादिङ । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको कुम्पुर गाउँ विकास समितिको परेवाटारमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

धादिङको ढोला मण्डलीमा पुजा गरेर फर्किएका यात्रुहरु चढेको ट्याक्टर दुर्घटनामा २० जना घाइते भएका हुन् । घुम्तीमा अनियन्त्रीत भइ सडकमै पल्टिदा गजुरी गाउँ विकास समिति वडा नं १ का खड्ग बहादुर उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका उप्रेतीको गजुरी प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

ना ५ त ४९१८ नम्वरको ट्याक्टर पल्टिदा घाइते भएका अन्य यात्रुहरु मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको गजुरीकै अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।