हावाहुरीले धादिङ जिल्लाभरको जनजिवन प्रभावित

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12884507_10208200725352456_1749872120_nसोमबार दिउंसो आएको हावाहुरीले धादिङ जिल्लाभरको जनजिवन प्रभावित भएको छ । हावाहुरी मडारिंदै आएपछि सर्बसाधरणको भागदौड भएको थियो । सडकमा गुडिरहेका सवारी साधन सुरक्षित स्थानको खोजी गर्र्दै रोकिएका थिए भने पैदलयात्रीहरु पनि दौडंदै सुरक्षित स्थल तर्फ भागेका थिए ।
सोमबार दिउंसो ३ वजे तिर एकै छिन आएको हावाहुरीले धादिङ जिल्लाको गल्छी, बैरेनी, भल्टार, सिम्ले, महादेवबेसी, सात किला, धार्के,नौविसे,आदमघाट, गजुरी लगायतका सडक छेउका वस्तिमात्रै होइन गाउँवस्तिमा समेत निकै नोक्सानी पु¥याएको छ ।
12910812_10208200723832418_1608390493_nसदरमुकाम लगायत जिल्लाको राजमार्ग क्षेत्रमा हावाहुरी संगै बन्द भएको बिद्युत्त राती २ वजे पछि मात्रै संचालनमा आएको थियो । भुकम्प पछि अस्थायी टहरो र त्रिपालको भरमा बस्दै आईरहेका सर्बसाधरणलाई सोमबारको हावाहुरीले थप समस्यामा पारिदिएको छ ।रुखहरु भाँचिने, बिद्युत्त पोल ढल्ने गरेपछि सर्वसाधरण झनै आतंकित भएका थिए । बैरेनी सिमवजार नजिकै बिद्युत्त प्रसारण लाईनको पोल ढलेको थियो ।
12910497_10208200724112425_1428688714_n (1)एकै सयममा जिल्लाभर हावाहुरी चलेपछि रुख वोट विरुवा भांचिने, घरको छानामा रहेका जस्तापाता उडाएर लाने,अस्थायी संरचना भत्कने गर्दा जिल्लाभरको जनजिवन आतंकित हुन पुगेको थियो । जताततै आंधिबेहरी भएर हुरीवतास मडारिएपछि जनजिवन त्रसित हुन पुगेका हुन । हुरीबतासले जिल्लाका विभिन्न स्थानमा क्षती भएपनि मानिवय क्षती भने भएको खबर आएका छैनन । सामान्य घाउ चोट लागेकाहरुको संख्या भने निकैनै रहेको वताईएको छ ।