धादिङमा दुर्घटना, दुईको मृत्यु,२७ घाईते

496 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,१५ असार – सडक छेउमा दिसा गर्दै गर्दा सोही ठाउंमा आएर ट्याङकर पल्टिएर धादिङको थाक्रे गाविस वडा नम्बर ८ सातघुम्तीमा एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ हुंदै हेटौँडा बाट काठमाण्डौँका लागि छुटेको ना ३ ख ३१२७ नम्बरको ट्याङ्करको ठक्करबाट ५७ वर्षिय हरी बहादुर भुजेलको बुधवार विहान ६ वजे तिर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकको छेउमा बसेर दिसा गर्दै गरेको बेला सोही ठाउंमा ट्याङकर पल्टिएपछि भुजेलको ज्यान गएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । च्यापिएको शवलाई क्रेनको सहायताले ट्याङकरबाट बाहिर निकालिएको छ ।
यसै गरी काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको खाली ट्रक बेनीघाट–८ झिल्केडाँडामा बुधबार बिहान ५ बजे सडकबाट तल खस्दा एक जनाको मृत्यु भएकोछ ।
ना ४ ख ६२८ मालबाहक रित्तो ट्रक सडकबाट १ सय मिटर तल खस्दा नवलपरासी कावासोती निवासी २८ वर्र्षीय आशिष पाण्डेको मत्यु भएको प्रहरीले जनाएको । दुर्घटनामा परि घाईते भएका पाण्डेको उपचरका लागि काठमाडौं लैजादै गर्दा धार्केमा मृत्यु भएको गजुरीका प्रहरीका निरीक्षक प्रकाश सुब्बाले बताउनुभयो ।
दुर्घटना पछि चालक फरार रहेका छन । मकवानपुर डाँडाखर्क ३ बस्ने २५ वर्र्षीय रमेश भोलन र नवलपरासी कावासोती २५ का सहचालक अर्जुन पाण्डेलाई घाईते अवस्थामा उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएकोछ ।

पृथ्वीराजमार्गको जोगीमाराबाट हात्तीबाङ्ग जाने ग्रामीण सडकमा मंगलबानर क १ ख ३८१६ नम्बरको मिनी ट्रक पल्टिंदा २४ जना घाइते भएका छन । घाइतेहरु मध्ये १३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य ११ जनाको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको गजुरी प्रहरीले जनाएको छ ।