अफ्रिकी देश तान्जानियामा शक्तिशाली भुकम्प

607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

arabtoday-111newsधादिङ- अफ्रिकी देश तान्जानियाको उत्तरी तान्जानियामा शनिवार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने  १९२ जना घाइते भएका छन् । बीबीसीका अनुसार लेक भिक्टोरिया नजिकै युगान्डा र रुवान्डाको सीमा क्षेत्रमा भूकम्प गएको थियो ।

बीबीसीले सामाजिक सञ्जालमा दिइएका तस्बिरहरू हेर्दा ७० हजार जनसंख्या भएको बुकोबा सहरमा भवनहरू भत्केको देखिएको पनि जना को छ । युएस जुओलोजिकल  सर्भेले १० किलोमिटर गहिराइमा गएको भूकम्प ५.७ म्याग्निच्युडको भएको जानकारी दिएको छ ।

उद्धारकर्मीहरूले स्थानीय अस्पताल घाइतेले भरिएको र थप घाइतको उपचार गर्न नसक्ने अवस्थामा पुगेकाे बताएका छन् । भूकम्प तान्जानियाको स्थानीय समयअनुसार दिउँसो ३:२७ बजे तदनुसार नेपाली समय साँझ ६:१२ मा गएको थियो ।