कोरियाले १० हजार नेपाली कामदार लाने

224 पटक पढिएको

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलवार ०६:११

सम्पादक: Dhading News

 

 

काठमाडौं : कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार कोरिया गइसकेको छन्।

अघिल्लो साताासम्म करिब ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन्। आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी थाल्ने भएको छ।

कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ।

परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने शाखाले जनाएको छ।

फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए अन्नपूर्ण पोष्टमा खबर छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१७ फाल्गुन २०७३, मंगलवार ०६:११ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories