गल्छीचोकमा रहेको स्वागत गेट हावाहुरीको कारण ढल्यो

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18194814_10208875911605594_4658858952857762220_nधादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीचोकमा रहेको स्वागत गेट हावाहुरीको कारण भांचिएको छ ।
केरुङबाट नुवाकोटको त्रिशूली हुंदै पृथ्वीराजमार्गको गल्छीमा जोडिएको गल्छी स्याफ्रुबेसी सडक जोडिएको मुख्य चोकमा चार बर्ष अघि निर्माण गरिएको स्वागतद्धार बैशाख १६ गते दिउँसो आएको हावाहुरीको कारण ढलेको हो ।
साविकको बैरेनी गाविसको आर्थिक सहयोगमा उक्त गेटको निर्माण गरिएको थियो । बैरेनी हुंदै देशका विभिन्न जिल्ला तर्फ जाने र सोही मार्ग हुंदै राजधानी प्रवेश गर्नेहरुको स्वागतका लागि उक्त गेटको निर्माण गरिएको हो । विभिन्न राजनैतिक,धार्मिक, सांस्कृतिक तथा अन्य महत्वपूर्ण कार्यक्रममा सो सडक भएर यात्रा गर्ने पाहुनाहरुको स्वागतका लागि स्वागतद्धारमा स्वागत व्यानर राख्ने गरिएको थियो ।केही महिना अघि मोटरले ठक्कर दिएपछि जिर्ण बन्न पुगेको उक्त गेट पुर्ननिर्माणमा ढिलाई हुंदा हावाहुरीले ढालेको हो । सडकको भित्ता तिरको पोल भांचिएपछि स्वागत गेट बिच सडकमै ढलेको थियो । गेट भत्किएपछि केही वेर सडकमा सवारी आवागमन सकेत रोकिन पुगेको थियो । भत्किएको गेट पन्छाएर सडक आवागमन नियमित गराईएको थियो ।

तस्बिर सौजन्य : सन्तोष अधिकारी /गल्छी