logo

दुर्गममा हेलिकोप्टरमार्फत मतपेटिका, दुर्गममा जान कर्मचारीको अटेरी

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-4-768x512धादिङ,  -धादिङको उत्तरी भेगको दुर्गममा हेलिकोप्टरबाट मतदान अधिकृतसहित मतपत्र र मतपेटिका पठाइएको छ । निर्वाचन आउन पाँच दिन बाँकी हुँदा सडक सञ्जाल पुग्न नसकेको उत्तरको रुविभ्याली गाउँपालिकामा मंगलबार हेलिकोप्टरबाट मतपेटिका पठाइएको हो ।

पानी परिरहेकाले मतदान केन्द्रसम्म पुग्न र मतपेटिका लैजान कठिनाइ भएको र समयमै मतदान अधिकृतलाई पु¥याउनुपर्ने भएकाले हेलिकोप्टरको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । रुविभ्याली गाउँपालिकाअन्तर्गत साबिकको सेर्तुङ, लापा, रिलगायतका गाविसमा पुग्न सदरमुकामदेखि तीन दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । एकातिर निर्वाचनको दिन नजिकिएको र अर्कोतिर खराब मौसम र भौगोलिक कठिनाइका कारण कर्मचारी व्यवस्थापनमा पनि कठिनाइ भइरहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

जिल्लाको अन्य मतदान केन्द्रहरूमा पनि यातायातका साधनबाट मतपत्र तथा मतपेटिकाहरू लैजान सुरु गरिएको छ । मुख्य निर्वाचन कार्यालयले कर्मचारीहरूलाई नियुक्ति पत्र र निर्वाचन खर्च दिएर केन्द्रमा पठाउन सुरु गरेको हो । मंगलबार उत्तरी धादिङको रुविभ्याली, खनियावास, नेत्रावती, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकालगायतका मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूले आवश्यक सामग्रीहरू निर्वाचन अधिकृतको कार्यालयबाट बुझेका छन् ।

जिल्लामा २ सय ५२ मतदान केन्द्र छन् । त्यहाँ १५ सय ६ जना कर्मचारी खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित एउटा केन्द्रमा ६ जना कर्मचारी रहनेछन् । मतदान स्थल र केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी यसअघि नै मतदान केन्द्रमा पुगिसकेका छन् ।

निर्वाचनका लागि दुर्गममा कर्मचारीको अटेर

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा मुख्य निर्वाचन कार्यालयलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । सडक सञ्जाल नपुगेको धादिङको उत्तरी क्षेत्रको विकट गाउँमा परेका केही कर्मचारीहरू त्यस ठाउँसम्म जान अटेर गरिरहेका छन् । केही कर्मचारीहरू मंगलबार नै हेलिकोप्टरमार्फत सम्बन्धित केन्द्रमा गए तापनि केही कर्मचारी भने निवेदन लेखेर मतदान केन्द्र नजाने बताएका छन् ।

मतदान केन्द्रमा खटाइएका मध्ये शिक्षकहरूले मतदान केन्द्रमा खटिन नमानेका कारण जनशक्ति परिचालनमा कठिनाइ भएको धादिङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । कर्मचारीहरू सुगम रोज्ने तर दुर्गममा कोही जान नमान्ने गरेको उनले बताए । यस्ता कर्मचारीहरूलाई तुरुन्त आयोगमा स्पष्टीकरणका लागि आग्रह गरिएको छ । मुख्य निर्वाचन अधिकृत लम्साल भन्छन्, ‘कानुनभन्दा माथि कोही हुँदैन, अटेर गर्ने कर्मचारी तुरुन्तै कारबाहीको भागीदार हुनुपर्छ । बिरामी, सुत्केरीलाई छुट छ तर यो वा त्यो बहानामा आलटाल गर्नेलाई तुरुन्त कारबाही हुन्छ ।’

धादिङको रुविभ्याली, खनियावास गंगाजमुना गाउँपालिकामा प्रायः कर्मचारीहरू जान नमान्ने गरेको कार्यालयले जनाएको छ । रुविभ्याली गाउँपालिकाका केन्द्रहरूमा जानका लागि न त सडक सञ्जाल नै पुगेको छ न सेवा सुविधा नै छ । त्यहाँको केन्द्र पुग्न सदरमुकामदेखि तीन दिनको पैदल दुरी पार गर्नुपर्छ तर निर्वाचनको दिन आउन पाँच दिन मात्र बाँकी छ ।

मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने समय २८, २९ र ३० वैशाख तोकिएको छ । तर, दुर्गमका मतदाताहरूले समयमै न त मतदाता परिचयपत्र पाउँछन् न त स्वतन्त्र रूपमा मतदान गर्ने मौका नै पाउँछन् राजधानी दैनिकले खबर लेखेको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic