धुनिवेसी नगरपालिकामा एमालेका मेयर र उपमेयर विजयी

1210 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bal-2-768x1293धादिङ । धुनिबेशी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेद्धार विजयी भएका छन । मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरुदेवी खरेल विजयी भएका हुन । धुनीबेसी नगरपालिकाको मेयरका उम्मेद्धार बालकृष्ण आचार्यले ६६६४, माओवादी केन्द्रका उम्मेद्धार दिपक लामिछानेले ४३३४ र काँग्रेसका उम्मेद्धार माधवराज पाण्डले ३९३५ मत ल्याएका छन

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेद्धार निरुदेवी खरेलले ६६०१,माओवादी केन्द्रकी उम्मेद्धार सावित्री आचार्यले ४३३५ र काँग्रेसकी उम्मेद्धार अप्सरा कोईरालाले ३९३९ मत ल्याएका छन ।

वडामा ६ स्थानमा एमाले, दुई स्थानमा माओवादी र एकमा काँग्रेस विजयी

स्थानिय निकाएको चुनावमा धादिङको धुनिवेशी नगरपालिकामा एमालेले ६ वटा वडामा प्यानलै जित हासिल गरेको छ । जसमा वडा नम्बर १ मा चन्द्र तामाङ वडा नम्बर २ मा बलराम कुँवर, वडा नम्बर ४ मा हरी सुवेदी, वडा नम्बर पाँच ७ मा केदार पाठक वडा नम्बर ९ मा साँइला राई विजयी भएका हुन ।

यस्तै दुई वटा वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । जसमा वडा नम्बर ५ मा कृष्ण कुमार रेग्मी प्यानलै र वडा नम्बर ८ को प्रमुखमा रामकृष्ण रेग्मी विजयी भएका छन भने अन्य सदस्यमा नेकपा एमालेले विजयी हासिल गरेको छ । यता नेपाली काँग्रेसले एउटा वडामा जित हासिल गरेको छ । जसमा वडा नम्बर ३ मा प्रकाश हमालले जित हासिल गरेका हुन ।