मंसिर १० गते प्रदेश र संघीय संसदको चुनाव गर्ने सरकारको प्रस्ताव

77 पटक पढिएको

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार २१:३१

सम्पादक: Dhading News

pm-office--599a82b34569d9.52652362काठमाडौं: सरकारले प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ।

भदौ ५ गते विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते चुनाव गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यसअघि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले पनि दुबै चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए।

निर्वाचन आयोगले दुबै चुनाव एकै चरण गर्न गाह्रो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। आयोगले सरकारलाई प्रदेश चुनाव मंसिर ४ गते र संघीय चुनाव मंसिर २१ गते गर्ने गरी निर्वाचन मिति सिफारिस समेत गरेको थियो।

तर सरकारले भने दुई चुनाव एकै चरणमा गर्नुपर्नेमा जोड दिदै आएको थियो।


५ भाद्र २०७४, सोमबार २१:३१ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana