बम बिस्फोटको आरोपमा नुवाकोटमा एक पक्राउ

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,५ मंसिर -नुवाकोटमा नेपाली काँग्रेसका नेता रामशरण महतलाई लक्षित गरि बम पड्काएको आरोपमा एक जना पक्राउ परेका छन । प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार समेत रहेका डा. रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक भएको आशंकामा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालका अनुसार शुक्रबार काँग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएको आशंकामा छानविनका लागि २८ वर्षका धिताललाई आइतबार प्रहरीले घरबाटै नियन्त्रणमा लिइएको हो ।
धिताल नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।