धादिङको कान्द्राङगढीमा चुनढुंगा उत्खनन गरिदै

1421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

देशभर खानीजन्य स्थलहरुको खोजीमा लागेको खानी तथा भूगर्व विभागले धादिङको वेनिघाट रोराङ गाउँपालिकाको कान्द्राङगढी क्षेत्रमा  चुनढुंगा उत्खननका लागि अध्ययन गर्ने भएको छ ।दक्षिणी धादिङको महादेवस्थान गाविसमा रहेको ऐतिहासिक स्थल कान्द्राङगढी
नेपाल एकीकरण हुनुभन्दा पहिले चेपाङ समुदायको राज्य रहेको र सोही राज्यको सैन्य अखडाका रुपमा कान्दङगढीको निर्माण गरिएको जनविश्वास छ । संरक्षणको अभावले कान्द्राङगढी अहिले जिर्ण वन्दै गएको छ ।

विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पाँचांैमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताउनुभयो । “अध्ययनपछि धातु र अधातु के÷के छ भनेर अध्ययन गछौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ”– उहाँले भन्नुभयो । विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ ।