नेकपाको केन्द्रीय कमिटीमा थपिने ४५ सदस्य को को पर्लान ?

1233 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धादिङका पुराना वामपन्थी नेता वलराम बांस्कोटा नेकपाको केन्द्रिय सदस्यमा मनोनित हुने सूचीमा पर्नु भएको छ । धादिङको केवलपुरमा जन्मनु भएका बांस्कोटा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सांसद हुनुहुन्छ । बांस्कोटा बिघटित नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघको महासचिव समेत हुनुहुन्थ्यो । यस अघि धादिङमा कम्युनिष्ट पार्टीका संस्थापक जगन्नाथ नेपाल, एमाले धादिङका पुर्व अध्यक्ष एवम पुर्व सभासद गुरुप्रसाद बुर्लाकोटीको नाम पनि केन्द्रिय सदस्यमा चर्चामा आएको थियो । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा थप्नका लागि तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना तर्फबाट थप्ने सदस्यको नाम शनिबार राति टुंगो लगाएका हुन ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा रहने ४ सय ४१ सदस्यीयमा तत्कालीन एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य रहने सहमति भएको थियो । तत्कालीन एमालेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा ओली र नेपाललाई दिएको थियो ।

केन्द्रीय कमिटीमा थपिनेमा अधिकांश नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय पार्टीको विभिन्न निकायमा बसेर काम गरेका, विभिन्न विभागका सचिव र युवा नेतालाई प्राथमिकता दिइएको छ ।

केन्द्रीय कमिटीमा थपिएका सदस्यको नामावली औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेका तर्फबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ । यसको कारण भने खुलाइएको छैन ।

लामो समय पार्टीमा लागेकालाई प्राथमिकता दिइएको भनिए पनि अर्थमन्त्री डा.युवराज खतिवडा समेत केन्द्रीय कमिटीमा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्ने भाग्यमानी बनेका छन् ।

तत्कालीन एमालेको तर्फबाट केन्द्रीय सदस्यमा थपिने नामको टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक भएको छैन ।

१. विनोद ढकाल

२. नरेश खरेल

३.निरज आचार्य

४.विष्णु रिजाल

५.तिलकुमार मेयाङ्बो

६.महेश रेग्मी

७. राजेन्द्र गौतम

८. देवेन्द्र दाहाल

९. आनन्दप्रसाद पोखरेल

१०. प्रमोदनारायण शाह

११. समिम मियाँ अनसारी

१२. गोकुल बास्कोटा

१३. कैलाश ढुंगेल

१४. डोरमणी पौडेल

१५. बसन्त मानन्धर

१६. केशव पाण्डे

१७. महेश बस्नेत

१८. विनोद श्रेष्ठ

१९. केशवलाल श्रेष्ठ

२०. श्रीनाथ बराल

२१. खगराज अधिकारी

२२. शारदाप्रसाद सुवेदी

२३. दिलुकुमारी पन्त

२४. कृष्ण राई

२५. लक्ष्मण ज्ञवाली

२६. नरुलाल चौधरी

२७. बिमला घिमिरे

२८. गोविन्द शाह

२९. चन्द्रबहादुर शाही

३०. दयालबहादुर शाही

३१. भानुभक्त जोशी

३२. लिला भण्डारी

३३. साध्यबहादुर भण्डारी

३४. रामेश्वर राना

३५. एकबहादुर राना

३६. अच्युत मैनाली

३७. बलराम बास्कोटा

३८. डा.युवराज खतिवडा

३९. दामाेदर भण्डारी

४०. अाइन्द्रसुन्दर नेम्वाङ

४१. रविन्द्र अधिकारी

४२. देवी ज्ञवाली

४३. रामेश्वर फुयाँल