धुनिबेशी नगरपालिकाको बजेट ५४ करोड ४९ लाख

576 पटक पढिएको

प्रकाशित मिति: १० असार २०७५, आईतवार २२:२६

सम्पादक: Dhading News

धुनिबेशी- धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९ लाख ०१ हजार रुपैँया विनियोजन विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न नगर कार्यपालिका सदस्य लक्ष्मी न्यौपाने उप्रेतीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेटमा सडक, खानेपानी लगायतलाई प्राथमिकतामा राखिएको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ २५ करोड ६६ लाख १३ हजार अर्थात कुल विनियोजनको ४७.०९ प्रतिशत र पूँजीगत तर्फ २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल विनियोजनको ५२.९१ प्रतिशत विनियोजन गरिएको छ ।

चालु खर्च तर्फ विनियोजन गरिएको रकममा संघीय सरकारबाट प्राप्त हुने जेष्ठ नागरिक तथा दिर्घ सेवा सम्मान कार्यक्रमको रु५ करोड १० लाख, शिक्षा, स्वास्थ्य, कृषि प्राविधिक तथा महिला तथा वालवालिका कार्यक्रम तर्फका कर्मचारीहरु तलब, भत्ता लगायतका सूविधाको लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ११ करोड ०१ लाख ७० हजार र नगर कार्यपालिका तथा वडा कार्यालय तर्फ कर्मचारीहरुको तलब भत्ता र सुविधा एवं सेवा प्रवाहको लागि चाहिने प्रशासनिक खर्च रु ९ करोड ५४ लाख ३९ हजार समावेस भएको नगरपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारवाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु।१६ करोड १५ लाख, सशर्त अनुदान रु १७ करोड ६९ लाख, राजश्व बाँडफाँडबाट रु ६ करोड ६१ लाख ६७ हजार एवं प्रदेश सरकारवाट प्राप्त हुने समानिकरण अनुदान ८० लाख ९२ हजार, सशर्त अनुदान रु १ करोड ८५ लाख ७० हजार, प्रदेश कानून अनुसार नगरपालिकाले संकलन गरी नगरलाई प्राप्त हुने राजश्व बाँडफांड रु ३ करोड २० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु।२५ लाख, नगरपालिकाको आन्तरीक राजश्व ५ करोड ७७ लाख ११ हजार र चालु आ.ब २०७४/७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु २ करोड १४ लाख ६१ हजार बाट व्यहोरिने अनुमान रहेको प्रस्तुत बजेटमार्फत जानकारी गराईएको छ ।

 धुनिवेशी नगरपालिकाको आ.ब.२०७५÷७६ को बजेट

धुनिवेशीकादेखेको सम्भावनाहरु ः
 काठमाडौंको नजिक हुनु, मुख्य राजमार्गहरु यही नगर हुदै संचालनमा रहनु, सुरुङमार्ग र अन्य बैकल्पीक मार्गहरु निर्माण पश्चात राजधानी शहरको प्रवेशद्धारको रुपमा विकास हुने सम्भावना
 दक्ष प्राविधिक जनशक्ति उत्पादनको सम्भावना बढेको छ ।
 औद्योगिक र कृषि उत्पादनको बजारसम्मको सहज पहुँच र खपत हुन सक्ने अवस्था रहेको छ ।
 तरकारीखेति, कुखुरापालन, ह्रयाचरी, गाई फार्म, बाख्रा फार्म, फलफूल, तोप्लाङ आसपासको परम्परागत आलुको उत्पादन जस्ता क्षेत्रमा कृषि विकासको उच्च सम्भावना

 हिमाल,पहाल र तराईलाई झल्काउने सवैखाले हावापानी र ८ वटा ठूला हिमालको दृश्यावलोकन गर्न सकिने तोप्लाङदेखि बाह्रै महिना हुस्सु कुहिरो र सित नपर्ने जीवनपुर र छत्रेका डाँडाहरु साथै गोरखावाट फूलपाती लिएर आएका पुजारीले विश्राम गर्ने ऐतिहासिक कोटकी कालिका मन्दिर र बच्छलादेवी, कालिदेवी, सेतिदेवी, देवीदउराली र गोरखनाथ बावा जस्ता धार्मिक सम्पदाहरु
 औद्योगिक नगरको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

ड्ड समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय अभियानको स्थानीयकरण समृद्ध धुनिवेशी, खुसी नगरवासीअभियान
ड्ड धुनिवेशीलाई केही वर्ष भित्र मध्यम आयस्तर भएको नगरको रुपमा विकास गर्ने

बजेटका उदेश्य
क. कृषि क्षेत्रमा व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने ।
ख.सडक पूर्वाधारहरुको विकास गर्ने ।
ग. खानेपानी तथा सरसफाई सुविधा विस्तार गर्ने ।
घ. शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरुको गुणस्तरमा सुधार गर्ने ।
ङ. सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, जनमुखी, जिम्मेवार र जवाफदेही बनाउने।
च. सुशासनयुक्त नगरको रुपमा विकास गरी नागरिक मैत्री नगर निर्माण गर्ने
छ. उपलब्ध साधनश्रोत, अवसर तथा क्षमताको उच्चतम विकास र उपयोग गरी आर्थिक तथा मानवीय विकास गर्ने ।

बजेटका प्राथमिकताहरु ः
समृद्धधुनिवेशी, खुसी नगरवासीको लक्ष्य

कृषिलाई प्राथमिकता ः उद्योग र कृषि सुन्दर सम्पन्न धुनिवेशी
कृषि उद्यमशिलता प्रवद्र्धन कोषबाट सहकारी मार्फत वार्षिक ३ प्रतिशत सहुलियत व्याजदरमा कृषि ऋण उपलब्ध गराउने रु.१ करोड विनियोजन
एक घर दुई फलफूल विरुवारोप्ने कृषकलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा
समग्र कृषि क्षेत्रमा रु.२ करोड ५० लाख बजेट विनियोजन
– ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको रुपमा रहेका पाटी, पौवा,सत्तल, चौतारा, मठमन्दिर, गुम्बा जीर्णोद्धारा गर्न रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
– नगरलाई गेटवे सिटी – धुनिवेसी को रुपमा विकास गर्ने लक्ष्यका
– ४ वर्ष भित्रकरिब १५० कि.मी. कालोपत्रे गर्ने लक्ष्य सहित सडक चौडा गर्ने, मोड काट्ने, ग्रेड मिलाउने, नाली निर्माण, जाली भर्ने र ग्राभेल गर्ने कार्य गरिनेछ ।
– प्रति सडक ५ लाख देखि ५० लाख सम्म विनियोजन ४२ वटा सडक योजनाहरु कार्यान्वयन गर्न कुल ५ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।
– नगर क्षेत्रभित्रका ३१ वटा खानेपानी योजनामा ३ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । यी योजनाहरु सम्पन्न हुँदा नगरका ३ हजार घरधुरी प्रत्यक्ष लाभन्वित हुने छन् ।

– हाम्रो रहर – उज्यालो शहरअभियान अन्तर्गत खानीखोला, नौविसे र धार्के बजारमा सौर्य बत्ति जडान गर्ने कार्यक्रम
– सडक, खानेपानी, सिंचाई लगायतका ससाना पूर्वाधारका कार्यक्रमहरुमा लागत साझेदारीको कार्यक्रम गर्न रु.५० लाख
– वडाका साना पूर्वाधार मर्मत सम्भार गर्न २७ लाख र वर्षातले विगारेको सडक मर्मत सम्भार गरी यातायात सूचारु गर्नरु.२७ लाख बजेट विनियोजन गरिएको छ ।
– ससाना पूर्वाधार मर्मत सम्भार तथा क्रमागत योजनाहरु सम्पन्न गर्न रु. ८० लाख विनियोजन गरिएको छ ।
– राष्ट्रिय राजमार्गसडक पेटी निर्माण गरिनेछ ।
पुर्ननिर्माण ः
– विकासकारी भुकम्पवाट क्षतिग्रष्त निजी घरहरुको पुनर्निमाण अभियानलाई तिब्रता दिन राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई सहयोग र सहजीकरण गरिनेछ । घर निर्माण गर्न आवश्यक पर्ने निर्माण सामग्रि सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउन निर्माण व्यवसायी एवं आपुर्तिकर्तासंग समन्वय गरिनेछ ।

– दमकल र एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन
– विपद् व्यवस्थापनकोष स्थापनाको लागि रु. १० लाख बजेट विनियोजन गरिएको छ ।
– धुनिवेशी क्याम्पसको भवन निर्माण गर्न ३० लाख बजेट विनियोजन
शिक्षा तर्फ११ करोड ४९ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।
– भुवनेश्वरी खेलमैदान (पुरानो धार्के) को पूर्वाधार निर्माणको लागि २० लाख बजेट
– स्वास्थ्य क्षेत्रको कार्यक्रम तर्फ कूल १ करोड ८१ लाख बजेट विनियोजन

– संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान र समपुरक अनुदान बाट साझेदारीमा कार्यान्वयन गरिनेछ । उक्त कार्यक्रमको लागि नगरवाट गर्नुपर्ने साझेदारीको लागि रु. ३ करोड बजेट विनियोजन गरेको छु । यस कार्यक्रम अन्तर्गत केन्द्र, प्रदेश र नगरको साझेदारीबाट रु. ७ करोड ५० लाख बराबरको बजेट कार्यान्वयन हुने अपेक्षा गरेकोे छु ।

– एकल महिला, हिंसापिडित, वृद्ध र असाहय विपन्न महिलाहरुलाईरु. १० लाख बजेट विनियोजन गरिएको छ ।

दलित, आदिवासी जनजाति लक्षित कार्यक्रमहरु ः १० लाख बजेट विनियोजन गरिएको छ

– गैर सरकारी संस्थाहरुको कार्यक्रम संचालन गर्न पेश भएको कुल बजेट ५८ लाख १६ हजार रहेको जानकारी पेश गरेको छु ।

सार्वजनिक सम्पत्ति संरक्षण
– यस कार्यको लागि रु. १० लाख विनियोजन गरिएको छ ।

सूचना तथा संचार
– नगरको सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका गतिविधि सम्बन्धित सूचना , जानकारी एवं तथ्याङहरुमा नगरबासीको पहुँच बढाउन वेवसाईट, गुनासो सुझाव सप्रेसण गर्न सकिने व्यवस्था सहितको मोवाईल एप्सको प्रभावकारी रुपमा अध्यावधिक गर्ने व्यवस्था गरिनेछ । रेडियो, छापा मिडिया, अनलाईन, टेलिभिजन लगायत आमसंचार माध्यमहरुसंग विकास गतिविधि संप्रेशणका साथै सूचना तथा सन्देश प्रकाशन एवं प्रशारणमा सहकार्य गरिनेछ । जनप्रतिधिसंग नियमित प्रत्यक्ष सम्बाद र सम्पर्कको लागि रेडियो तथा टिभि कार्यक्रम संचालन गरिनेछ ।यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
– संचार क्षेत्रको विकासको लागि संचारकर्मी र संस्थाहरुको सहकार्यमा साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
– नगरबाट निर्मित ऐन, नियम, कार्यविधि, निर्देशिका लगायतका कानूनहरु स्थानीय राजपत्रमा प्रकाशन गरिनेछ ।

शासकीय सुधार कार्यक्रम

-ई–सरकार सेवा उपलब्ध वडाको रुपमा विकास गरिनेछ ।
– मुख्य बजार केन्द्रमा सिसि क्यामेरा जडान गरिनेछ ।
– भ्रष्टचारजन्य क्रियाकलपाहरुमा शुन्य सहनशीलता नीति अवलम्बन गरिनेछ ।

आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न रु.५४ करोड ४९ लाख ०१ हजार विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु खर्च तर्फ २५ करोड ६६ लाख १३ हजार अर्थात कुल विनियोजनको ४७.०९ प्रतिशत र पूँजीगत तर्फ २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल विनियोजनको ५२.९१ प्रतिशत विनियोजन गरिएको छ ।
अगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारवाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.१६ करोड १५ लाख, सशर्त अनुदानरु. १७ करोड ६९ लाख, राजश्व बाँडफाँडबाट रु.६ करोड ६१ लाख ६७ हजार एवं प्रदेश सरकारवाट प्राप्त हुने समानिकरण अनुदान ८० लाख ९२ हजार, सशर्त अनुदान रु. १ करोड ८५ लाख ७० हजार, प्रदेश कानून अनुसार नगरपालिकाले संकलन गरी नगरलाई प्राप्त हुने राजश्व बाँडफांड रु.३ करोड २० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु.२५ लाख, नगरपालिकाको आन्तरीक राजश्व ५ करोड ७७लाख ११ हजार र चालु आ.ब. २०७४÷७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु २करोड १४लाख ६१ हजार बाट व्यहोरिने अनुमान छ ।
– वार्षिक २० हजार भन्दा कम व्यवसाय कर तिर्ने साना करदातालाई असोज मसान्त सम्ममा एकमुष्ट कर दाखिला गरेमा लाग्ने राजश्वमा १० प्रतिशत छुट दिईनेछ ।
– वार्षिक १ लाख भन्दा बढी व्यवसाय कर तिर्ने करदाताको सुविधालाई मध्यनजर गरी बढीमा ३ किस्ता सम्मका रकम तिर्न सक्ने व्यवस्था गरिनेछ । यसरी कर तिर्ने समय कार्तिक मसान्त, फागुन मसान्त र जेष्ठ मसान्त कायम गरिएको छ ।
– भुकम्प पिडित लाभग्राहीहरुले नगरक्षेत्र भित्र घर निर्माण गर्दा १ हजार वर्ग फिट सम्मका घरकोे नक्सा पास गर्दा लाग्ने शुल्क शतप्रतिसत छुट दिने नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईएको छ ।
– २०७४ असार मसान्त अगाडी बनेका तर घरनक्सा स्वीकृत नगरी बनेका घरधुरीहरुलाई घरको नक्साविहिन हुने अवस्था हटाउन र घरको सम्पक्तिवाट लाभलिने अवस्थावाट बन्चित हुन नपरोस भन्ने उदेश्यले सवै प्रकारका घरहरुलाई नियमित र अभिलेखीकरण गरिनेछ । त्यसको लागि आगामी वर्षको श्रावण १ देखि मंसिर मसान्त सम्म नियमित तथा अभिलेखीकरणको लागि आउने घरहरु मध्ये २०७० श्रावण देखि २०७४ असार मसान्त सम्मका निर्माण भएका घरहरुलाई ६० देखि ८० प्रतिशत सम्म र २०६० श्रावण देखि २०७० सम्म निर्माण भएका घरधुरीलाई ८५ देखि ९० प्रतिशत र सो भन्दा पहिला बनका घरधुरीलाई शतप्रतिशत नियमति तथा अभिलेखिकरण दस्तुर छुट दिने व्यवस्था मिलाएको छु ।

आदरणीय अध्यक्षज्यू
बजेटको क्षेत्रगत बाँडफाँड, आर्थिक विधेयक, विनियोजन विधेयक, गत आर्थिक वर्षको यथार्थ खर्च, चालु आ.ब.को संसोधित अनुमान र अन्य विवरणहरु अनुसूचीमा समावेस गरी पेश गरेको छु ।
अन्तमा,
यो बजेट निर्माण गर्न नगरप्रमुखज्यूबाट प्राप्त मार्गदर्शन सुझावको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यसैगरी वडाअध्यक्षज्यूहरु, कार्यापालिकाका सदस्यज्यू र नगरसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सवै कर्मचारीहरु, विभिन्न राजनैतिक दलका नेताहरु, समाजका प्रतिष्ठित व्यक्तिहरु निजी क्षेत्रका उद्यमी व्यवसायीहरु,नागरिक समाज,संचार क्षेत्र लगायत समाजका सवै पक्षवाट सहयोगको सरह्रान गर्दै धन्यवाद व्यक्त दिन चाहान्छु । यसरीनै बजेट कार्यान्वयनमा सम्बद्ध सवै पक्षको सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।
धन्यवाद



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१० असार २०७५, आईतवार २२:२६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।  सहकारीका केही शेयर सदस्यहरुले संस्थामा.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

मापदण्ड विपरित चलेका पाँच क्रसर उद्योग बन्द

नुवाकोट- नुवाकोट जिल्लामा  मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु जिल्ला प्रशासन कार्यालयले बन्द.....

Categories