रवि लामिछाने छुटे ५ लाख धरौटीमा

624 पटक पढिएको

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार १९:३७

सम्पादक: धादिङ न्यूज

धादिङ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएर अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेको  सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन । लामिछाने संगै न्यूज 24 का पत्रकार युवराज कँडेल ३ लाख धर्राैटीमा र अस्मिता कार्की रुकु साधारण तारेखमा रिहा भएका छन ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्की लाई साधारण तारेखमा छाड्न आदेश दिएको जानकारी दिए ।

अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानुनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै किनारा लाग्नेछ । मुद्धाको किनारा नलागे सम्म तीनै जना विदेश जानु पर्दा चितवन जिल्ला अदालतको आदेश लिएर मात्रै जान सक्नेछन । यसैगरी शालिकराम पुडासैनीको बिषयलाई लिएर टेलिभिजनबाट लिएर कुनै पनि कार्यक्रम प्रशारण गर्न, सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न समेत उनिहरुलाई अदालतले रोक लगाएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

९ भाद्र २०७६, सोमबार १९:३७ मा प्रकाशित

समाचार

सबै

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती.....

धादिङकी एक महिलाले एकै पटक तीन शिशु जन्माइन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी.....

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको.....

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर.....

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख,.....

Categories