धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

462 पटक पढिएको

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार १३:१५

सम्पादक: Dhading News

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ।

धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर त्रिभुवन राजपथ पनि धादिङ जिल्लामा पर्दछ।

पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ भएर गुड्ने सवारीसाधन राजधानीबाट बाहिरिने र राजधानी प्रवेश गर्ने गर्दछन्। लकडाउन सुरु हुनु अघिसम्म जुनसुकै समयमा पनि राजमार्ग अति व्यस्त हुने भएका दिनहुँजसो सवारी दुर्घटना पनि हुने गरेका थिए। गएको पाँच वर्षमा धादिङ जिल्लामा ८९२ वटा सवारी दुर्घटना भएर ४१४ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको अभिलेख हेर्दा दुर्घटनाको संख्या, ती दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको संख्या निकै धेरै छ।

वर्ष                     दुर्घटनासंख्या          मृत्यु                  गम्भीरघाइते                       घाइते

०७२।७३                  ९०                        ६१                           ११३                               ९९

०७३।७४                 ९८                         ९०                            ११२                               ९६

०७४।७५                 १५५                      ११७                        २०७                              २०२

०७५।७६                   १३८                    ९३                           १८०                              २१०

०७६।७७                   १२५                   ५३                            १४९                             २०५

तथ्यांक स्रोत : जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ

दुर्घटना न्यूनीकरण गर्न चौबीसै घण्टा सक्रियताका साथ काम गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ। सवारी साधनको बढी चाप, सडकको भारवहन क्षमता कम र सडकमा परेको खाल्टाखुल्ट, साँघुरा घुम्ती र चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख नेत्रप्रसाद भट्टको भनाई छ।

धादिङ जिल्लाको भूभाग भएर दैनिक ११ हजारदेखि १३ हजारसम्म चार पाङ्ग्रे र सात हजारभन्दा बढी मोटरसाइकल आवतजावत गर्छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न लामो दुरीका चालकहरुलाई लक्षित गरी रिफ्रेस सेन्टर सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, पर्चा/पम्प्लेट र सन्देशमुलक कार्यक्रम आयोजना गर्ने गरिएको भट्टले जानकारी दिनु भयो ।

फाइल फोटो-

धादिङको बेनीघाटरोराङ–३ मा पर्ने सलाङघाट स्थित पृथ्वीराजमार्गमा २०७६ साल साउन २५ गते दुर्घटनामा परेको बस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३२ श्रावण २०७७, आईतवार १३:१५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories