दशैंले छोएन भुजेल परिवारलाई, उपचार खर्च जुटाउन सहयोगको याचना

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


10703502_1500266716896787_1651090744984104065_nधादिङ–दशैंको रमझमले सबैलाई व्यस्त वनाईरहेको वेला धादिङको गोगनपानी गाविस वडा नम्बर ६ मान्खुका होमवहादुर भुजेलको परिवारलाई भने उपचारका लागि चाहिने खर्च जुटाउन हम्मे हम्मे पर्न थालेको छ । 
निम्न आयस्तर भएका भुजेलको दुवै मृगौला काम नलाग्ने भएपछी एक महिना देखि उहांलाई अस्पतालमा राखेर उपचार शुरु गरिएको छ । भक्तपुरको राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहनु भएका भुजेलको लागि प्रत्येक हप्ता १० हजार रुपैया अस्पताललाई उपचार खर्च बुझाउनु पर्छ । नियमित उपचार र मृगौला प्रत्यारोपणका लागी कम्तिमा आठ लाख रुपैया लाग्ने डाक्टरले वताएपछि भुजेल परिवारलाई ठुलो चुनौति थपिएको हो । 
एक श्रीमती,२ छोरी, २ छोरा एक बुहारीका अभिभावक भुजेलको आर्थिक अवस्था कमजोर रहेको र जायजेथा बिक्री गर्दा पनि उपचारका लागि खर्च नपुग्ने भएपछि सहयोगका लागि याचना गर्नुपरेको भुजेलकी छोरी निर्मलाले वताउनु भयो । भुजेलको उपचारमा सहयोग पुर्याउन प्रवासी भुजेल समाजका साथै अन्य सहयोगी संस्था र दाताहरुले चासो देखाएपनि ठुृलो रकम आवश्यक पर्ने भएपछि संकलन हुन नसक्दा भुजेल परिवारलाई समस्या बढ्दै गएको हो । 
अहिले सम्म उपचारका लागि २ लाख रुपैया सकिएको र आर्थिक अभावका कारण उपचार गराउन र मृगौला प्रत्यारोपण असम्भव बन्दै जांदा दशैंको वेलामा समेत भुजेल परिवार उपचारको लागि आर्थिक श्रोत जुटाउनमै लाग्नुपर्ने अवस्था आएको स्थानीय पत्रकार गोविन्द सुवेदीले जानकारी दिनु भयो । 
उपचारका लागि चाहिने रकम आंफुहरु संग नभएकोले कसैले सहयोग गरेर बुवाको जिवन वचाई दिन छोरी निर्मलाले आग्रह गर्नुभएको छ । उपचार खर्च जुट्न नसक्दा आफु जिवन मरणको दोसाधमा जिउन वाध्य भएकाले सहयोग गरी जिवन बचाई दिनुहुन आम मानवसेवामा समर्पित संघसंस्था तथा व्यक्तित्वहरुसंग भुजेलले पनि आग्रह गर्नुभएको छ । भुजेलको यस अघि महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार गरिएको थियो । सहयोग गर्न इच्छुक व्यक्तिले अस्पतालमा पुगेर परिवारका सदस्य र विरामी तथा परिवारका सदस्यलाई भेटेर वा बैक खाता मार्फत पनि सहयोग गर्न सक्ने छन । बैक खातामा रकम जम्मा गर्न चाहनेले निर्मलाको नाममा रहेको एनडिईपि डेभलपमेण्ट बैकको खाता नम्बर ६१६५०००१२० मा वा सानिमा बैकमा रहेको खाता नम्बर ०२००००००७५५१२ मा जम्मा गरेर सहयोग गर्न सक्ने वताईएको छ ।