चट्याङ लागेर रेडियो राजमार्गमा क्षती, जिल्लाभर पाँच जना घाइते

708 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ- ७ ,फागुन । बुधवार राती ९ वजे तिर परेको चट्याङ लागेर धादिङको धार्केवाट प्रसारण हुंदै आईरहेको रेडियो राजमार्गको प्रशारण अवरुद्ध हुन पुगेको छ । रेडियो स्टेशनको चकमके स्थित टावरमा चट्याङले क्षती पु¥याउंदा त्यहां प्रशारण अबरुद्ध हुन पुगेको हो । त्यसै गरी धादिङबेसी पुछारवजारमा रहेको रेडियो धादिङको स्टेशनमा पनि चट्याङले दुईवटा टेलिफोन सेटमा क्षती पुगेको रेडियोले जनाएको छ । चट्याङले जिल्लाका अन्य स्थानमा पनि क्षती पु¥याएको छ । जिल्लाको ढोला –३ टक्सारी गाउँमा बुधबार बेलुका परेको चट्याङले लागेर पाँच घाइते भएका छन् ।

विवाह घरमा पाहुना लाग्न गएका मान्छेहरुको भिडभाड नजिकै चट्याङ परेको स्थानीयले वताएका छन । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार चट्याङको कारण घाइते हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर–१२ का रामहरि लम्साल, गजुरी–१का शारदा खतिवडा, ढोला –३ का ५० टङ्ककुमारी तिमिल्सिना र सरस्वती घिमिरे तथा मैदी गाविसकी सीता अधिकारी रहेका छन् ।

चट्याङमा परेर घाइते भएकाहरुको सदरमुकाम धादिङबेसी र मैदीवाट आएको एम्बुलेन्समा राखेर राति नै उद्धार गरी उपचारका लागि धादिङ अस्पताल ल्याईएको थियो । चट्याङले लागेर लम्साल र तिमिल्सिना बढी घाईते भएको वताईएको छ ।