छुट्टाछुट्टै घटनामा धादिङमा दुईको ज्यान गयो

597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २२ चैत – धादिङको थांक्रे र तसर्पु गाविसमा आईतबार भएको दुईवटा छुट्टाछुट्टै घटनामा परि दुई जनाको ज्यान गएको छ।  धादिङको थाक्रे–३ महादेवबेसीमा दाउराको मुढामा खेल्दै गर्दा एक बालिकाको ज्यान गएको छ।

थाक्रे–३ महादेवबेसीका कुमोद्दिन मियाको ४ वर्षीय छोरी अप्सनाको अपरान्ह ५ बजेतिर घर नजिकै स्टोर गरी राखिएको मुढामा खेल्दै गर्दा मुढाले च्यापेर मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जनाएको छ। मुढाले च्यापेर गम्भीर घाइते बालिकालाई उपचारका निम्ती अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

दाउरा प्रयोजनका निम्ति काटेर बिक्री गर्न लैजान ठेकेदारले अव्यवस्थित रुपमा स्टोर गरी राखेको गोलाई काठको मुढामा खेल्दै गर्दा मुढा लडेर वालिकालाई च्यापेको थियो।

यसै गरी धादिङको तसर्पु–२ देवलीछापस्थित कच्चि सडकमा रोकिराखेको ट्याक्टर चलाउन खोज्दा दुर्घटना भई एक जनाको मृत्यु भएको छ।

आइतबार विहान ७ बजेतिर चालक नभएको समयमा ट्याक्टर चलाउन खोज्दा पल्टिएर सोही ट्याक्टरले च्याप्दा स्थानीय ३१ वर्षिय चन्द्रबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जनाएको छ। ना४त ७१९३ नम्बरको सो ट्याक्टर पल्टिएर अन्दाजी ७० फिट तल खोल्सामा पुगेको छ।