खनियाबासमा डोजर पल्टिंदा एकको मृत्यु

2686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23414412_1743108435707391_626673748_nधादिङ जिल्लाको उत्तरी भेगमा पर्ने  खनियाबास गाउँपालिका वडा ५ खोब्रामा डोजर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही डोजर चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका गेर्खुटारका कृष्ण थिङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

साविकको सत्यदेबी गाउँ विकास समिति हुदै रुबिभ्याली गाउँ पालिका जोड्ने ग्रामिण बच्छला-गुन्मुङ् सडक निर्माणका लागि विगत केहि समय देखि डोजर लगाउने कार्य भैरहेको थियो । सोमबार बिहानै सडक खन्न जाने क्रममा जमिन भासिएर डोजर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।