मुख्य समाचार

लाख खर्च गर्दा पनि भेटिएनन् ईश्वर

धादिङ, १२,जेठ – आफन्तले काममा लगाइदिने भनेर काठमाडौं लगेको चार दिनपछि हराएका एक किशोर डेढ बर्षसम्म पनि फेला परेका छैनन् । उनको खोजीमा धाउँदैमा ७९ बर्षका वाबु समेत थलिन पुगेका छन् । बैरेनी गाविस ९ सिम्लेगाउँका १९ बर्षका ईश्वर अधिकारी २०६९ पुस १५ गते भतिजी नाता पर्ने लक्ष्मी अधिकारीको साथमा काठमाडौंको नरदेवी पुगेका थिए । नरदेवी नजिकै..

हिमाली गाउंमा खडेरीले आलु मर्न थाल्यो

केशव अधिकारी तिप्लिङ ( धादिङ),  धादिङ जिल्लाको उच्च हिमाली भेग तिप्लिङ र सेर्तुङमा महिनौं दिन देखि खडेरी परेका कारण खेतवारीमा लगाएको आलु मर्न थालेको छ । डेढ महिनादेखि जिल्लाको हिमाली बस्तीमा पानी परेको छैन । अत्याधिक घामले माटो सुख्खा हुंदै गएपछि आलुका बोट पात झरेर मर्न थालेको तिप्लिङ गाविस वडा नम्बर ९ लिङजोका कृषक ढालबहादुर तामाङले..

गणेशहिमाल जस्ताखानीको लगानी, बालुवामा पानी

केशव अधिकारी सोमदाङ(धादिङ)   आठ बर्ष  अघि देखि वन्द हुन पुगेको गणेश हिमाल फेदीको मेटल कम्पनी सरकारी वेवास्ताका कारण पुनःसंचालनमा नआउंदा करोडौंको लगानी अलपत्र बन्न थालेको छ । उत्खनन कार्य रोकिएपनि खानी क्षेत्रको रेखदेखका लागि कम्पनीले ७ जना कर्मचारीलाई करारमा नियुक्ति दिएर खानी क्षेत्रमा खटाउंदै आईरहेको छ । खानी क्षेत्रमा रहेको..

पत्रकार महासंघका तीनजना धादिङमा सम्मानित

धादिङ- नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले  केन्दिय समितिका सचिव र दुई जना केन्द्रिय सदस्यलाई आईतबार धादिङमा सम्मान गरेको छ ।    नेपाल पत्रकार महासंघको २४ औं महाधिबेशनवाट केन्द्रिय सचिवमा निर्वाचित ध्रुव लम्साल, उपत्यकावाट निर्वाचित केन्द्रिय सदस्य रामहरी सिलवाल र पश्चिमाञ्चलवाट निर्वाचित केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टलाई..

नीलकण्ठ नगरपालिकाले काम थाल्यो

धादिङ– केही समय अघि सरकारले घोषणा गरेको नीलकण्ठ नगरपालिकाले आईतवारदेखि नियमित काम सुरु गरेको छ । साविकको गाविसको नामबाट हुँदै आएको कामकाज बन्द गरी नगरपालिकाको नामबाट काम सुरु भएको वताईएको छ ।  गत बैशाख २५ गते मन्त्री परिषदको बैठकले देशभर ७२ वटा नगरपालिका थप गर्ने क्रममा धादिङको नीलकण्ठ, मुरलीभञ्ज्याङ, सुनौलाबजार र साङ्कोष गाविसलाई..

निलकण्ठ नगरपालिकाको संरचना यस्तो बन्ने भयो

धादिङ–चारवटा गाविसलाई गाभेर घोषणा गरिएको  नीलकण्ठ नगरपालिकाले सोमवारदेखि गाविसको काम रोकी नगरपालिकाको माध्यमबाट काम  सुरु गर्ने भएको छ ।   गत बैशाख २५ गते मन्त्री परिषदको बैठकले देशभर ७२ वटा नगरपालिका थप गर्ने क्रममा धादिङको निलकण्ठ, मुरलीभञ्ज्याङ, सुनौलाबजार र साङ्कोष गाविसलाई मिलाएर निलकण्ठ नगरपालिका घोषणा गरेको हो । साविकको..

प्रशासनको मुल गेटमै म्यानपावर अफिस

धादिङ,  – धादिङमा जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि सरकारी भवन भाडामा लिएर म्यान पावर सञ्चालनमा ल्याइएको छ । जिल्ला बालकल्याण समिति धादिङको नाममा जिल्ला प्रशासन कार्यालयको अगाडि रहेको बाल कल्याण भवन भाडामा लिएर फोटो स्टुडियो सञ्चालन गर्दै आइरहेका बालकृष्ण श्रेष्ठले प्रशासन कार्यालयको अनुमति नलिई म्यानपावर सञ्चालनमा ल्याएका..

प्रमुख जिल्ला अधिकारी नेपाललाई धादिङका व्यवसायीको स्वागत

धादिङ- धादिङमा भर्खरै सरुवा भएरआउनु भएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई धादिङका उद्यमी व्यवसायीहरुले स्वागत गरेका छन । व्यवसायीहरुको स्वागत पछि मन्तव्य राख्दै प्रजिअ नेपालले व्यवसाय संचालनगर्दा उपभोक्ता एवम सेवाग्राहीहरुको भावनाको कदर गर्दै पेशामा इमान्दारिता अपनाउनुपर्ने वताउनु भएको छ । धादिङ उद्योग वाणिज्य संघको..

विधिको शासन विपरितका कार्य रोक्न आंफु प्रतिबद्ध रहने–प्रजिअ नेपाल

धादिङ–विधिको शासन विपरित हुने कुनै पनि कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले कोही संग सम्झौता नगर्ने धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनु भएको छ । देशका ६७ जिल्लालाई जोड्ने दुईवटा मुख्य राजमार्ग र जिल्लाका अन्य भागमा हुन सक्ने अपराधिक कृयाकलाप तथा गैर कानूनी कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले राजनैतिक दल,..

बांस र निगालोको चोया बन्यो बांच्ने आधार

केशव अधिकारी दुल्दानी ( धादिङ) ः जिवन निर्वाहका लागि निकै कष्ट र पिडाको सामना गर्दै आईरहेका दुल्दानीका चेपाङ समुदायले बांस र निगालोको चोयावाट आयआर्जन लिन थालेका छन ।  जग्गाको नाममा दुईरोपनी भिरालो खोरीया भएपनि आठ महिना लागेर फल्ने मकै वाहेक अरु केही नफल्ने भएपछि बर्षको ९ महिना खानेकुराको अभावसंग जुध्दै आईरहेका दुल्दानीका खिरमान..

महिलाको सवाल लिएर आयो सम्पूर्ण आकाश मासिक

धादिङबेसी– धादिङको सदरमुकाम धादिङबेसीबाट सम्पूर्ण आकाश मासिक   पत्रिकाको प्रकाशन आरम्भ गरिएको छ । सम्पूर्ण मासिक समेत गरी जिल्लावाट नियमित प्रकाशित हुने पत्रिकाको संख्या सात पुगेको छ । यस अघि जिल्लावाट एक दैनिक, चार साप्ताहिक र एक मासिक पत्रिका नियमित रुपमा प्रकाशित हुंदै आईरहेको छ । जिल्लामा दर्ता भएको पत्रिकाको संख्या २३ पुगेपनि..

बेशाख महिना भरीमा जिल्लाका सबै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने

धादिङ÷ पढाई शुुरु भएको एक महिना वित्नै लाग्दा यस बर्ष धादिङको ५० वटै गाविसहरुमा सबै कक्षाका पाठ्य पुस्तकहरु विद्यालयहरुमा पुगिसक्ने जिल्ला शिक्षा कार्यालयले वताएको छ । जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीका अनुसार े अघिल्लो बर्षमा धादिङ जिल्लाको केही विद्यालयहरुमा जेठको दोस्रो साता सम्म पाठ्य पुस्तक नपुगेकोले विद्यार्थीहरुलाई..

धादिङबेसी सहित देशका ७२ स्थानलाई नगरपालिका घोषणा

धादिङबेसी-पटक पटक नगरपालिकाको लागि सिफारिश भएर पनि कार्यान्यवन हुन नसकेको धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी सहित देशका ७२ स्थानलाई नगरपालिका घोषणा गरिएको छ । 'सरकारले नयाँ ७२ वटा नगरपालिका बनाउने प्रस्ताव अनुमोदन गरेको छ,' । योसँगै प्रस्तावित नगरपालिका कार्यान्वयनमा आए नेपालमा नगरपालिकाको संख्या १ सय ३० पुग्नेछ। यसअघि ५८ वटा..

धादिङमा दुई उद्योग वाणिज्य संघका बिच शितयुद्ध चरमउत्कर्षमा-बिबाद बढाउन भवनको स्वामित्वको किचलो संगै एउटै समयमा दुई धादिङ महोत्सवको घोषणा

केशव अधिकारी धादिङ,२५ बैशाख ः राजनैतिक मतभेदका कारण दुई तिर विभाजित हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरुको दुई संस्थाका बिच शितयुद्ध चरमउत्कर्षमा पुगेको छ । नयां सदस्यता बितरण र पुराना सदस्यता नविकरणका लागि राजनैतिक आस्थाका आधारमा विभेद गरेको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले समर्थित व्यवसायीहरुले २०६९ मंसिर ३० गते धादिङ उद्योग..

ब्रुसबाङको चेपाङबस्तीमा भुईं स्याउ खेती गरिने

धादिङ, वैशाख २४ – चरम खाद्य संकट रहेको धादिङको ब्रुसबाङस्थित चेपाङबस्तीमा खाद्यान्नको विकल्पमा परीक्षणकारुपमा भुईंमा फल्ने स्याउ खेती गरिने भएको छ । जमिनमुनी फल्ने स्याउ खेतीका बारेमा जानकारी पाएपछि गैर सरकारी संस्था शान्ति नेपालले दक्षिणी धादिङको ब्रुसबाङका चेपाङ समुदायलाई चार सय वटा बिरुवा उपलव्ध गराएर भुईंमा फल्ने स्याउ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad